
हुलाकी न्यूज, चितवन १५ बैशाख । मंगलबारबाट सुरु भएको अन्तर्राष्ट्रिय थारु सम्मेलन आज सकिदैछ ।
चितवनको सौराहामा नेपाल र भारतका थारुहरुबीच थारु आन्दोलन लगायतका विषयमा छलफल गरी कार्यक्रम सकिने जनाइएको छ ।
मंगलबार उदघाटन सत्रमा थारु अगुवाहरु सहभागी थिए भने भारतीय पक्षबाट दुतावासका अधिकारहरु पनि सहभागी थिए ।
कार्यक्रम भारतको पूर्वी चम्पारणका थारुहरु अगुवाहरु पनि सहभागी भएका छन् ।
कार्यक्रममा सहभागीका अनुसार आज संयुक्त घोषणा पत्र पनि जारी हुन सक्छ । अहिले दुबै देशका थारुहरुबीच छलफल जारी रहेको छ ।



