
हुलाकी न्यूज, काठमाडौं १५ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २७ दलीय संघीय गठबन्धनले आजबाट आन्दोलनका कार्यक्रमहरु सुरु गरेका छन् ।
बुधबार पहिलो दिनको कार्यक्रम अन्तरगत सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाईदैछ ।
उक्त ज्ञापन पत्रमा मागहरु तथा चेतावनी समेटिएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हुलाकी न्यूजलाई बताए ।
यसअघि फागुन २८ गते पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले चेतावनी स्वरुप सरकारलाई ध्यानाकर्षण पत्र बुझाई सकेको छ तर सरकारले ज्ञापन पत्रप्रति कुनै चासो देखाएको छैन ।
त्यस्तै शुक्रबार जिल्लाका सम्पूर्ण कार्यालयहरुमा विरोध स्वरुप कालो झण्डा गार्ने कार्यक्रम रहेको छ ।



