Nepal Police at Boudhanath Kathmandu also known as little Tibet, Nepal

हुलाकी न्यूज, राजविराज १५ बैशाख । व्यापारीको सुन पक्राउ गरी अनियमितता गर्ने सप्तरीका दुई प्रहरीलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालयले निलम्बन गरेको छ ।

पूर्वाञ्चलका प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झालाई निलम्वन गरेको हो । सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवानहरु पप्पु यादव र चन्दन यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको पूर्व क्षेत्रीय कार्यालय रानी विराटनगरले जनाएको छ ।

यसैगरी प्रहरी जवानहरु प्रदिप मधुवन र मोती पटेललाई काज फिर्ता गरिएको छ । उनीहरु विगत लामो समयदेखि घुमुवा प्रहरीको रुपमा कार्यरत रहँदैआएका छन् । गत वैशाख ६ गते लहान स्थित विकास ट्रेडर्सबाट २० भरी सुन, पाँच केजी चाँदी र ११ थान सुनको सिक्री राजविराजको रुपनी मोडबाट घुमुवा प्रहरीले पक्राउ गरेका थिए ।

राजविराज स्थित न्यू राज्यलक्ष्मी ज्वेलर्सकालागि खरिद गरेर ल्याँदै गरेको उक्त सुनचाँदी प्रोप्राइटर शत्रुधन साहको रहेको र प्रहरीले अनावश्यक दुःख दिएको भन्दै डिआइजी घिमिरेलाई सप्तरी सुनचाँदी उद्योग व्यवसायी संघका अध्यक्ष राजेश कुमार साहले उजुरी गरेका थिए ।

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले उक्त सुनचाँदी प्रकरणबारे छानविन गर्दा प्रहरीद्वय चौधरी र झाले न्यू राज्यलक्ष्मी ज्वेलर्सका कामदार मो. नसिमलाई नियन्त्रणमा लिई सप्तरीको कञ्चनपुरमा लगेर मानसिक यातना दिई ११ थान सुनको सिक्री आफैमा बाँडफाँड गरिएको तथ्य सार्वजनिक भएको क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरले जनाएको छ ।

पूर्वाञ्चल प्रहरी प्रमुखको रुपमा सरुवा भई आएको दुई महिना नपुग्दै डिआइजी घिमिरेले ४ करोड ५० लाख रुपैयाँ बराबरको अवैध सामान पक्राउ गर्नुका साथै प्रहरी आचरण विपरित काम गर्ने ३५ जना प्रहरीलाई निलम्वनदेखि ग्रेड रोक्कासम्म गरिएको छ । स्थानीय न्यूज टुडेमा समाचार प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.