Rangila_sah
हुलाकी न्यूज, जनकपुरधाम १४ बैशाख । विगत १३ दिनदेखि आमरण अनसनमा बसेकी सदभावना पार्टीका नेता संजय साहकी श्रीमति रंगिला साहको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ ।

सदभावनाका वरिष्ठ उपाध्यक्ष एवं धनुषा क्षेत्र नम्बर चारका निर्वाचित संसद साहले प्रहरी हिरासत मै आमरण अनसन सुरु गरेपछि उनको समर्थनमा श्रीमति रंगिला साहले पनि जनकपुरधामको जनक चौकमा आमरण अनसनमा बस्दै आएकी छन् ।

नेता साह धनुषा प्रहरी हिरासतमा २४ दिनअघि सुरु गरेको आमरण अनसन अहिले पनि डिल्ली बजार कारागारमा जारी राखेका छन् ।

आफूमाथि लगाइएका मुद्दाहरुमाथि न्यायिक छानविन हुनु पर्ने माग उनीहरुको रहेको छ । साहले आफ्नो राजनीतिक चरित्र हत्या गर्न एकपछि अर्को गरी आफुमाथि मुद्दा लगाउँदै आइएकोले न्यायिक छानविन समिति गठनको माग गर्दै आमरण अनसनमा बसेका छन् ।

नेता साहको समर्थनमा श्रीमति रंगिला साहले पनि आमरण अनसन गर्दै आएकी छन् । दुबै जनाको स्वास्थ्य अवस्था विग्रिदै गएको नेता साहका भाई डा.रामकुमार साहले हुलाकी न्यूजलाई बताए ।

निर्वाचित संसद लामो समयदेखि आमरण अनसनमा बस्दा पनि सरकार मौन रहेकोप्रति स्थानीयवासीहरुले आक्रोस व्यक्त गरेका छन् ।

नेता साहका समर्थकहरुले न्यायिक छानविन आयोग गठन गरी नेता साह दोषी भए कारवाही गर्न र नभए सफाई दिन माग गर्दै आएका छन् ।

रंगिला साहको स्वास्थ्य अवस्था विग्रिदासमेत स्थानीय प्रशासनबाट कुनै पहल नभएको प्रति स्थानीय युवा क्लवहरुले चासो व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.