Nepal's Prime Minister Khadga Prasad Sharma Oli, also known as KP Oli, observes a minute of silence for earthquake victims during an event organised to mark the 18th National Earthquake Safety Day and the official launch of earthquake reconstruction efforts in Bungamati village, Nepal January 16, 2016. REUTERS/Navesh Chitrakar

हुलाकी न्यूज, काठमाडौं १३ बैशाख । झापा आन्दोलनमा १८ जना सर्वसाधारणको टाउको काट्ने प्रधामन्त्री केपी ओलीलाई कारवाहीको माग गरिएको छ ।

सोमबार काठमाडौंको रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरी प्रधामन्त्री ओलीलाई कारवाहीको माग गरिएको छ ।

‘जनयूद्धको मुद्दामा अदालत पीडित संघ’ गठन गर्दै उनीहरुले प्रधामन्त्री ओलीलाई कारवाहीको माग गरेका छन् ।

पत्रकार सम्मेलनमा संघकी सदस्य जानुका पौडेलले भनिन्,‘झापा आन्दोलनमा १८ जनाको टाउको काट्ने केपी ओली अहिले प्रधानमन्त्री बनेका छन् । के उनलाई चाँही मुद्दा लाग्दैन ? उनलाई पनि कारवाही हुनु पर्छ ।’

माओवादी शसस्त्र द्धन्दका क्रममा भएका घटनामा बृहद शान्ति सम्झौता विपरित अदालतले फैसला गर्न थालेको भन्दै त्यसको प्रतिरोध गर्न ‘जनयूद्धको मुद्दामा अदालत पीडित संघ’ गठन गरिएको छ ।

बाबुराम गौतमको संयोजकत्वमा गठित समितिमा केशब राई, मोहन खड्का, जानुका पौडेल, टङक खत्री, विन्दा मगर, चम्पा कार्की, बालकृष्ण ढुंगेल, निर्माण कुमार कामी, शंकर गिरी, अनिता घिमिरे र नारायण राज गौतम रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक गौतमले राजनीतिक परिवर्तनको लागि भएका कुनै पनि आन्दोलनपछि हुने सम्झौताले सबैलाई मुलधारमा ल्याउनु पर्नेमा यहाँ बृहद शान्ति सम्झौता विपरित अदालतले द्धन्दकालिन मुद्दा हेरेर मुलुकलाई अर्को द्धन्दमा लाने षडयन्त्र गरेको भन्दै त्यसका विरुद्ध आवाज उठाउन आफू पीडितहरु संगठिन भएको बताए ।

उनले पीडितहरुका हरेक मुद्दालाई सस्थाले सहयोग गर्न डेस्क खडा गरेर प्रतिवाद गर्ने जानकारी दिदै आफूहरुको न्यायिक आवाजलाई कुल्चन खोज्ने जो कसैसँग पनि प्रतिरोध गर्न तयार रहेको चेतावनी दिए ।

1 COMMENT

  1. झापा आन्दोलनका कारण के . पि. ओलि पँचायतकालमा चौध वरष जेल बसे । दश बरषे सशस्तर युद्धका अपराधिलाई चाहि किन छुट ? यिनीहरुलाइ पनि तत्कालिन कानुन अनुसार कारयवाहि गरिनु परछ । जोसुकै होस कसुर अनुसार सबैलाई कानुनि कारबाहि गरिनुपरछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.