222

हुलाकी न्यून, सप्तरी १२ बैशाख । सप्तरीका अग्निपीडितलाई लाइन्स क्लब अफ काठमाडौं लालिगुराँसले राहत वितरण गरेको छ । हरिहरपुर र देउरी भरुवा गाविसका १२ भन्दाबढी अग्निपीडित परिवारलाई लाइन्स क्लबले त्रिपाल, कम्बल, फलामे तारको बण्डल, लत्ताकपडा र जस्तापाता वितरण गरेको हो ।

प्रतिपरिवार एक–एक थान त्रिपाल, कम्बल, फलामे तारको बण्डल, लत्ताकपडा र ६–६ थान जस्तापाता वितरण गरिएको छ । पीडितलाई सप्तरीका नेता, समाजसेवीका साथै पत्रकारहरूले पनि राहत वितरण गरेका थिए ।

गत चैत्र २७ गते हरिहरपुरमा र बैशाख १ गते देउरी भरुवामा भएको आगलागीबाट १६ परिवारका २६ घर जलेका थिए । त्यस्तै, आगलागीबाट एक दर्जन चौपायासमेत जलेर मरेका थिए ।

राहत वितरण कार्यक्रममा सहभागीहरूले आगलागीका थप घटना हुन नदिन सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.