
हुलाकी न्यूज, काठमाडौं १२ बैशाख । राष्ट्रिय मानव अधिकार आयोगको खुल्लातर्फको अधिकृतमा एउटै समुदायका व्यक्तिहरु परेकोमा अधिवक्ता दिपेन्द्र झाले आयोगलाई ध्यानाकर्षण गराएको छ ।
हालै प्रकाशित खुल्लातर्फको परीक्षाफलमा ३४ सिटमा ३४ जना नै एउटै समुदायको भएकोमा अधिवक्ता झाले आश्चर्य व्यक्त गरेका छन् ।
अधिवक्ता झाले आइतबार राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराउँदै लेखेका छन्, ‘नेपालको संविधानको धारा ४२(१), ४०(१), ३८(४) र २८३ मा भएको समानुपाति समावेशी सुनिश्चितता गरेको साथै संविधानको प्रस्तावना र राज्यको निर्देशक सिद्धान्तले राज्यलाई समानुपातिक समावेशी बनाउने संकल्प लिएको र सो अनुरुप निती लिने व्यवस्थाको समेत विपरीत रहेको छ । यसरी यी परीक्षाफल संबैधानिक व्यवस्थाको अनुकुल छैन भन्ने मेरो बुझाई रहेको छ ।’
अधिवक्ता झाले खुल्ला र समावेशी दुबैतर्फ परीक्षामा नाम निकाल्न सफलहरुलाई पहिले समावेशीतर्फको अन्तरवार्ता लिइ खुल्लातर्फको अन्तरवार्तामा सहभागी नगराउने परिपाठी रहेको आरोपसमेत लगाएका छन् ।
झाले राष्ट्रिय मावन अधिकार आयोगलाई समावेशी चरित्रको बन्न र अरु निकायका लागि उदाहारणीय बन्न आग्रहसमेत गरेका छन् ।





Nepal vaneko Dr Ck raut le vane jasto Madesh Nepal vanda wa Nepal Madesh vanda beglai desh hoina! Nepal Raja Janak Tatha Raja Birat ko sano rup ho. Gorakh baba ko prerana le Prithivi Narayana Shah le yo rup din safal bhaya! prachin time ma Mithila sara himal , pahad ra mansorobar sabai Mithila ho. ahile ko time vaneko madesh wa madeshi ma bived chah vane madeshi yuba Nelson Mandella taha Martin Luther Kings Jr huna paryo! kasai le Bihari vanema pahadi lai vana saknu paryo bihari ta pahadi hun kina vane pahad ma bihar (baudha bihar tatha gumba)prasasta chaan , Madeshi ta bishudha Maithali, Bhiojpuri tatha tharu danwar hun! Jun bivina dharma tattha sanskriti le dhani chhan. Dr Ck raut lai ma ke vana chahanchu vane Madeshi ko vubhag India le luteko chha , teha andolan gari India ma raheko Mithila, Bhojpuri . drajiliong, Sikim ani Himanchal lai separate gari Nepal ma misau. Yaso garna sakiyama sabai ko bastabik pahichan ko punanirman hunchha! bhai raheko Nepal lai anyatha sochnu ta aama lai sidha katne paap ra adharma ho! Finally thank you, Jha ji for opening the eyes on time!!!