Madheshi_villagers_photo

बिशाल सिलवाल जी, बडो राम्रो तर्कसहित दिपेन्द्र जीलाई जवाफ दिनु भयो । तपाई हम्रो थारु र मधेशी बस्ने ठाउँबाटै हुनुहुदोरहेछ । खुसी लाग्यो थाहा पाएर । तर मलाई बच्चैदेखि नबुझेको कुरा प्रस्ट परिदिन हुन आग्रह यसै पत्रमार्फत गर्न चाहन्छु ।

तपाई मधेशकै हुनुहुन्छ तर तपाइलाई पहाडीले आफ्नो समुदायमा चिनाउँदा पहाडी तर त्यही ठाउँको अर्को कालो बर्णको मान्छेले चिनाउँदा मधेशी कसरी ? एउटै भूगोल भएको ठाउँको मान्छे एउटा पहाडी अर्को मधेशी कसरी ?

एक, हामी खसआर्य समुदायबाट सबैबाट त्यस्तो के गल्ति भयो ?

तपाई खसआर्य देख्यो कि शोषक र सामन्ती किन देख्नुहुन्छ ? कारण दिने दुइ किसिमिको हुन्छ ।

१ inductive:  सबै शोषक, सामन्तिहरु खस थिए त्यसैले शोषकहरु खसआर्य हुन् ।

२ Deductive  खासहरु शोषक सामन्ती थिए त्यसैले खसआर्यहरु शोषक, शामन्ती हुन् । गल्ति भयो पहिलो पुस्ताले शोषण गरे होला भन्नु भो तर ब्यबहारमा अहिले पनि त्यस्तै देखाउनु भो अखण्ड पक्षधर ले दुई दिन आन्दोलन गर्दा माग सम्बोधन गर्यो तर मधेशी–थारुले ६ महिना आन्दोलन गर्दा खाली मान्छलाई टाउकोमा गोली हान्यो ।

तपाइको पुर्खाले शोÈण गरेको भए अहिले त सुधार्ण शक्थियो नि, किन मान्छे मार्ने काम गर्यो ? नेता खराब थिए रे जनताको माग थिएन भने ६ महिना नेताले आन्दोलन गर्न सक्छ एक्लै ?

नेताले पूर्व–पश्चिम मानब संग्लो बनाए कि जनताले ? मधेशी जनताले आन्दोलन गर्दा बिहार जानु भन्ने नेताहरुको सोच के को उपज हो ? मिडियामा मिठा कुरा गर्ने अनि यथार्थमा बिहार जाउ भारत जाउ भन्ने ? मान्छे मार्दै आप झार्ने कुरा देशको ठूलो नेताले गर्न मिल्छ ? आखिर त्यो नेता त खसआर्यको प्रतिनिधि हो नि कि मधेशी को ? कस्को भोट पाएर आको हो सम्प्रादायिकता सोच भएको त्यो नेता ?

दुई, म आफै अशोज ३ मा दिपावली गरेको थिइन ?

तपाई ले दिपावली गर्नु भएन ठिक छ । तर एउटा मधेशी मर्दा उ ५० लाख पायो भन्दै फेसेबूकका भित्ता भर्नेको थिए, मधेशी कि अरु ? अर्को आप झर्यो भन्ने कसको प्रतिनिधि थियो ? तपाईहरुको मानब सम्बेदना हराएको हो कि होइन ?

मधेशी–थारु राजनीतिक चेतनाको कारणले मात्र ६ महिना आन्दोलन गरेन, मानबिय सम्बेदनाका कारणले पनि हो । यो सरकार वा राज्यले हामीलाई आफ्नो जनता सम्झेन मेरो दाजु भाई, बुवा, आमालाई टाउकोमा गोली हानी मारे ।

मधेशीले हिंस्रक भएर आन्दोलन ग¥यो भन्नुहुन्छ । भनाइ छ मर्ता क्या नही करता । आफ्नो ज्यान धरापमा परेपछि अरुलाई जे गर्न नि बाध्य हुन्छ चाहे त्यो मान्छे होस् या अरु जनावर ।

तीन, राज्यले तपाइलाई, मलाई र अन्य केहि व्यक्तिलाई दिइएको नेपाली नागरिकताको प्रमाणपत्र तुलना गरेर हेरौ ।

हो, भलै नागरिकतामा पूर्ण अपूर्ण नागरिकता लेखेको छैन तर ब्यबहारमा मधेशी, थारु, जनजाती, मुस्लिम, राजबंशी, दनुवार आदि–अरुलाई नेपालको पूर्ण नागरिकको ब्यबहार गरेको छैन । मधेशी जनता गरिब छन् कृषिकर्म गर्छन् खान्छन् हुनेखाने पढ्छन् नभए एसएलसी पछि खाडी जन्छन् ।

पढ्न मा पछाडी होला पनि भँन्दिन किनकी उपत्यकका अधिकांश गणित तथा साइन्स शिक्षक मधेशी छन् । मधेशका जन्ता शारीरिक रुपमा पनि कम्म छैन । मेरो साथी श्याम सुन्दर चौधरी इटहरीबाट सस्त्रको शारिरिकमा प्रथम भयो तर अन्तरर्वातामा असफ भयो किन ?

योग्यता एसएलसी त चाहिने थियो । तै पनि किन फेल भयो । अपूर्ण भनेर त होला नि, अहिले कतारमा फलाम बंग्याँदैछ । यदि उ खस भएको भए अहिले शास्त्रमा हुन्थियो । देवनारायण चौधरी जो फुटबलमा नेपाललाई कयौ खेल जितायो, खोइ अतो पातो छैन । अपुर्ण नेपाली भएर होला नि ।

उ खस भएको भए आज उच्च ओहदाको खेलकुदको पदमा हुन्थ्यो होला । फुटबलका जनक सिंह थारु, एथलिट केशरी चौधरी, सरस्वती चौधरी आदिके खसआर्य जतिकै अबसर पाएका छन् त ।

तपाईहरु हिन्दी फिल्म, सिरिअल हेर्नु हुन्छ अनि एउटा शब्द सिक्नु हुन्छ भैया । शब्द आफैमा नराम्रो होइन तर गलत अर्थमा प्रयोग गर्नु हुन्छ । तरकारी बेच्ने होस् या कबाडी उठाउने कुनै कालो बर्णको मान्छे देख्यो कि भैया, धोति सम्बोधन गर्नु हुन्छ ।

के तराईकोले टोपी वा दौरा सुरुवाल भनेर सम्बोधन गर्छ तपाईहरुलाई ? एउटा पहाडी समुदायको ६० बर्षको मान्छेले नि १० बर्षको मान्छेलाई भैया भन्छ । के ६० बर्षको मान्छेको दाई हो १० बर्षको बच्चा ?

कि सम्बोधन गर्ने परम्परा छ आफुभन्दा सानालाई दाई भनेर तपाईहरुको ? पूर्ण नागरिक हो भने कुनै कालो बर्णका तराईका कुनै व्यक्तिलाई मरस्या वा बिहारी भनेर किन बोलिन्छ ? तराईका कसैले टोपी वा दौरा सुरवाल भनेर बोलको छ.?

कि कसैले बंगलादेशको राजधानी ढाका (टोपी) भनेर बोलको छ ? तराईको एउटा मान्छेलाई बोल्न आयोस न आयोस टुटेफुटेको नेपाली मै दाई भन्छ । अनि तपाईहरु भैयो । हाम्रो भाषाबाट अनि अरु नेपालीबाट किन बोल्ने ? हामीले नेपाली नबुझ्ने भए पुरै हाम्रो भाषा बोल्नुस कि पुरै नेपाली । इन्डियनले दाई क्या हालखबर है भने जस्तै नबोल्नुस ।

चार, चाहे छाला गोरो होस् या कालो शासकलाई शक्तिको अहंकार हुन्छ ।

यो भनाई तपाइको ठिक पार्नलाई मात्र काम लाग्छ । तराईमा निषेधाज्ञा तोड्दा टाउकोमा, छातीमा गोली हान्ने अनि यहाँ काठमाडौँमा राप्रपाका कार्यकर्ता निषेधाज्ञा तोड्दा उनीहरुसंग पानीको होली खेल्ने ? के यहाँ बिभेद गरिएन तराईलाई ? के मधेशी र राप्रपाका कार्यकर्ता बराबरी भए त शासकको अगाडी ?

पाँच, तपाईको भाग हामीले खोस्न खोजेको होइन ।

हामीले पनि खोस्न लागेको हो भनेका छैनौ । हाम्रो समूह मिलाएर प्रदेश बनौनु होस् मात्र भनेका हौं । कहीँ प्रदेश बनाको छ जहाँ मधेशी–थारु बहुमतमा पारेको, दुई नम्बर प्रदेश बाहेक ।

अझ थारु ६ वोटै प्रदेशमा दशौ स्थानमा छ अनि कसरी निर्बाचनमा आफ्नो प्रतिनिधि बिजय गराएर केन्द्रिय सत्तामा पुर्याउन सक्छन् ? कसरी आफ्नो हकहितको लागि कुनै कुरा कर्यनयन गर्न सक्छन् ?

मिलेर बस्ने कुरा गर्नु भो तर ब्यबहारमा देखिएन । के थारुले अखण्ड–पश्चिम पक्षको जुलुश बिथोल्न गएका थिए ? न समर्थन गरेका थिएँ न त बिरोध नै । थारुले अखण्ड पश्चिमको जुलुस बिथोलेन । बरु अखंड पक्षधरहरुले थारुको जुलुश बिथोल्न आए ।

राज्य र प्रहरीको आडमा थारुको घर, पसल निषेधाज्ञाको बेला जलाइए, यौन दुर्ब्यबहार गरिए, यातना दिइए ।

द्वन्द कसले चाहेको हो स्पस्ट थाहा हुन्छ । मधेशी–थारुको बारेमा बिहारी, धोती, भन्दै फेसेबूकका भित्ता भरे, गालीगलौज गर्दै बिभिन्न फेसबूक ग्रुप र पेज बनाए । के का लागि ?

फेरि हाम्रो भाग नि परोश भन्नु हुन्छ । पहिलो संबिधान सभामा खसआर्यले हामीलाई पनि आदिबासीमा सुचिकृत गरियोस्भन्दा न त् तराईका न त् पहाडका जनजातिले बिरोध गरे । तर तराइमा १ प्रदेश ( एक मधेश एक प्रदेश ) माग्दा नि हुदैन, २ प्रदेश माग्दा नि हुदैन के ३ प्रदेश हुन्छ ? कि ४ प्रदेश ठिक हुन्छ ? भन्नुश अब ।

छ, यहाँ र हाम्रो भाग भनेर हामी भिन्न भिन्न हौ भन्ने भवन कसले अभिव्यक्ति गर्दै छ ?

होला मधेशका नेता खराब तर त्यसको सजाय किन जनताले पाउने ? नेताले उठाएको माग गलत छ उसलाई बुझाउनुस्, जेल हाल्नुस् जनता किन मार्ने । सीमामा आफ्नो जमिन भारतमा पर्दा दुख पाउने तराईका जनता, सीमामा रेखदेख गर्ने तराईका जनता, भारतीय डाकुसँग लड्ने तराईका जनता अनि राष्ट्रबादको नारा लगाउदै तराई भारतमा मिलाउन खोज्यो भन्ने आरोप लगाउने ?

यस्तै गलत अभिव्यक्तिले गर्दा तराईका जनता आफुलाई अपूर्ण नेपाली नागरिक ठान्न बिबस छन् । डा.सीके राउतका समर्थक त्यतीकै बढेको होइन महोदय, जब कि १ साल अगाडि मात्र राउतलाई सबले गाली गर्थे ।

सात, तपाई पनि बेलायतमा पढ्नु भएको होइन र ?

कमी कमजोरी हुन्छ । हामीले मानब अधिकार आयोगमा, संयुक्त राष्ट्र संघमा पनि ज्ञापन पत्र दिएकै हो । हामीले जनता मरुवा सरकारलाई खबरदारी गरेकै हो । अब योभन्दा बढी त हतियार लिएर लडे मात्र हुन्थियो ।

के हामी तराईका जनता युद्ध गर्न जाने हो ? बार्ताका प्रयास पनि गरेकै हो, हामीलाई यहाँ वार्तामा बोलाउने अनी तराइका जनता लै गोली हान्न आदेश दिने सरकारको मनमा पो खोट थियो ।

अहिले ६, ७ महिना हुन् लग्यो आन्दोलन भएदेखि खोइ वार्ताको पहल गरेको सरकारले ? खसआर्यमा जन्मिनु गल्ति होइन तर अझ पनि अरुलाई अधिकार नदिई आफूमात्र भोग गर्ने, अरुको नेतृत्व नस्वीकार्ने गलत हो ।

के मधेशीले जनसंख्याको आधारमा आरक्षण मागेको हो र ? होइन । पिछडिएकोले मागेको हो । पहुँच नभएर मागेको हो । जनसख्याको आधारमा निर्बाचन क्षेत्र मागेको हो । जनसंख्याको आधारमा गाबिस हुन्छ, नगरपालिका हुन्छ, महानगरपालिका हुन्छ भने किन निर्बाचन क्षेत्र हुदैन ?

आठ, हाम्रो आँखामा आशु आएको थियो ।

अन्त्यमा बिशाल जी, कोही रुनु भयो होला । नेपाली जनता मरेकोले, कोही खुशी हुनु भयो होला आप झरेकोले तर अधिकांस मोटरसाइकल र गाडी चढ्न नपाएर, ग्याँस नपाएर गाली गर्नु भो । सहयोग गरेको भए माग अवस्य पुरा हुन्थ्यो । ग्याँस, पेट्रोल, तराईमा पनि हाहाकार थियो । अहिले पनि कति पेट्रोल पुम्पमा तेल पाउँदैन ।

मधेशीले नाका मात्र अबरोध गरेको हो । मधेशी ले नाकाबन्दी गर्न चाहे अहिले पनि गर्न सक्थियो । मधेशीको माग अहिले पनि पुरा भाको छैन के नाकाबन्दी गर्न सक्छ मधेशी नेताले जनताले नचाहे ? जबसम्म मधेशी, थारु, मुस्लिम, कोच, राजबंसी, आदिले समान हक अधिकार पाउँदैन तबसम्म यस्तो बिरोध भई रहने छ ।

अहिले बन्दुकको भरमा, सेना, प्रहरीको भरमा दबाउला तर पछि फेरि उठ्छ । बिरोधका स्वरहरु ठिक त्यसैगरी जसरी पिलोले खिल (मधेशका समस्या) न निकाली एन्टिबाअयाटिकले दबाउदा पनि फेरी आउँछ ।

Rajababu_chaudhry

राजा बाबु थारु

1 COMMENT

  1. Ramrosang padhe signal g jati je gre pani lekhai ko gandh chahi khas aaryakai ho.kaslai bekuf bnaun khojnu va ho
    .sab kura jani jani thah npai jasto grnu vneko t bekuf bnaunu nai ho.naslbadi sochnai ho .kuro prast x nbujhe kasko dos

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.