
हुलाकी न्यूज, भैरहवा १२ बैशाख । मधेश आन्दोलनको क्रममा रुपन्देहीको बेलहिया नाकामा गैरमधेशी समुदायको प्रतिकारबाट मारिएका सहिद रामेश्वर पासीको घर निर्माण हुँदैछ ।
पासीको करिब तीन धुरको जग्गामा फुसको एक कोठे रहेको छ ।
तराई–मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)का क्षेत्रीय मानव अधिकार संयोजक शैलेन्द्र अम्बेडकरको संयोजन सहिद पासीको घर निर्माण गर्न लागिएको हो ।
रुपन्देहीका मधेशी नेताहरुको सयोग तथा समन्वयमा उनको घर निर्माण हुने अम्बेडकरले बताए ।
२०७२ भाद्र ३ गते रुपन्देहीको वेलहियामा मधेश अन्दोलनको क्रममा गैरमधेशी समुदायको समूहले हत्या गरेका सहिद पासीको घर शनिबारबाट बनाउन सुरु गरिएको छ ।
शनिबार संघीय समाजवादी फोरम, रुपन्देहीका उपाध्यक्ष रामु यादवले आफनो इटा कारखानावाट आफनै ट्र««ेक्टरबाट दुई हजार इटा लोड गराई सहिदको घर लगेर खसालेका छन् ।
संघीय समाजवादी फोरमका जिल्ला संयोजक महेन्द्र यादव र जिल्ला सदस्य निलम यादव समेत सहिदको घरमा गई इंटा खसल्ने कार्यमा सहयोग गरेको अम्बेडकरले बताए ।
रुपन्देहीका प्रकाश इटाकारखान, सुवेदी इटा कारखान, एन.डी.के. इटा कारखानावाट समेत इटा सहयोग गर्ने भएको जनाइएको छ । त्यसैगरी घर वनाउनमा लाग्ने सम्पूण समाग्री उपलब्ध गराउने मधेशी नेताहरु प्रतिवद्धता व्यक्त गरेका छन् ।
घर वनाउनका लागी चाहिने सम्पूर्ण समाग्री उपलब्ध गराउन तथा अन्य आवश्यक समाग्रीको लागी थर्ड एलायन्सका शैलेन्द्र अम्वेडकरले संयोजन गर्ने भएका छन् ।
पासीको यसरी भयो हत्या : थर्ड एलायन्सको रिपोर्ट
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको अनिश्चितकालिन मधेश वन्दको क्रममा मिति २०७२ भाद्र ३ गतेका दिन रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा जन प्रर्दशन गर्ने भनेर जिल्लाको धकधई, वंसन्तपुर, लुम्बिनी, मर्चवार र लुम्बिनी लगायतका ठाँउहरुवाट करिव २०÷२५ हजार जनाको संख्यामा मान्छेहरु भैरहवाको बुद्ध चोकमा जम्मा भई शहर परिक्रमा गर्ने क्रममा भिड अनियन्त्रीत भई केही युवाहरुले बुद्ध चोक स्थित सटरहरु र सि.टी अस्पतालमा ढुंगमुडा गरेका थिए भने देवकोटा चोक देखी करिव दुई सय फिट पश्चिम तर्फ हस्पिटललाइनमा लु १० प १५३१ नम्बरको स्कुटी र लु २ प ६४१५ नं. को मोटरसाइकल जलाएका थिए ।
करिव दिनको १ः०० वजेको समयमा बजार परिक्रमा गर्नेक्रममा भिड अनियन्त्रीत भई सकेको अवस्थामा पनि करीव १५÷२० हजारको संख्यामा रहेको अन्दोलनकारीहरु बेलहिया भंसारवन्द गराउन तर्फ लागेका थिए । नारावाजी गर्दै वेलहिया जाने क्रममा आँखा अस्पताल नजिक लु ६ प २८६२ नम्बरको स्कुटीमा तोडफोड गरेका थिए । भीड सुनौली÷वेलहिया तर्फ गइ रहेको थियो । त्यो भन्दा आधा घण्टा अगाडी वन्दकर्ताको ४÷५ जनाको एक समुह वेलहियामा वजार तथा पसल वन्द गराउन गएको अवस्थमा पहाडी समुदायका केही मान्छेहरुले वन्दकर्ताहरुलाई कुटपिट गरी उनीहरुले प्रयोग गरेको मोटर साइकलमा तोडफोड गरेको समाचार भिड तथा अन्दोलनकारीको माझमा आयो र अन्दोलनकारीहरु पुरा जोडतोडका साथ वेलहिया नाका तर्फ वढि रहेको थियो । करिव २०÷२५ हजारको संख्या थियो भने त्यो भिडको अगाडी करिव ५० जना नेपाल प्रहरी थिए ।
भिड बेलहिया भंसार कार्यालयको २ नम्बर गेट अगाडी पुगे पछि करिव दुई सयको संख्यामा रहेको प्रतिकार समुह, शस्त्र प्रहरी र नेपाल प्रहरीका करिव २÷३ सयको संख्यामा रहेका प्रहरी र प्रतिकार समुह संयुक्त रुपमा अन्दोलनकारी माथि अचानक अक्रमण गरे । अन्दोनकारी माथि लाठी, डण्डा, फलामको रड, खुकुरी लागायत धारिलो हतियार प्रहयोग गरी कुटपिट गरे । अन्दोलनकारीको टाउको, छाति, मुख, पेट, घुडा, पीठीउ लगायतका ठाँउहरुमा धारिलो हतियार प्रयोग गरी काटिएको पाइयो ।
यसरी वेलहीया भन्सारमा आक्रमण भए पछि वेलहिया देखी भैराहवा तर्फ अन्दोलनकारीहरु भागी रहेको अवस्थमा डण्डा खोला (पुल) मा प्रहरीले घेरे पछि अन्दोलनकारीहरु नदिको छेउछाउमा भाग्न खोज्दा नदिको छेउछाउमा प्रतकिार समुह र सादा पोषाकमा रहेको प्रहरीहरुले अन्दोलनकारी माथि अक्रमण गरी खुखुरी प्रयोग गरी कुटपिट तथा काटकुट गरी नदिमा फालेको थिए ।
रामेश्वर पासी अन्दोलनमा सहभागि हुन गएका थिए उनी पनि भाग्न खोजे तर भाग्न सकेनन र प्रतिकार समुह र सादा पोषाकमा रहेको प्रहरीले कुटपिट गरी हत्या गरी नदिमा फालेका थिए । मिति २०७२ भाद्र १४ गते डण्डा पुल देखी पश्चिम तर्फ लास भेटिएको थियो । लासको प्रकृतीलाई हेर्दा शरीरका अधिकान्स भाग सडेको थियो । शरीरको सवै छालाहरु सडेको थियो । हात र खुट्टाका औलाहरुका मसल सडेको थियो । नाक, कान तथा गाला सडेको थियो । टाउकोमा खुखुरी प्रहार गरिएको थियो जसले टाउकोको आधा भाग फाटेको थियो , कपडा लगाएको ठाँउमा मात्र सडेको थिएन वाँकी सवै शरीर सडेको थियो । खुट्टा र घुँडा सम्मका मसल (मासु) सडी सकेको थियो ।
शरीर डिस्कम्पोस्जड भइ सकेको थियो । लासवाट दुरगन्ध आइरहेको थियो ।



