Mutu_parichhan
पुरन साह, जनकपुरधाम ११ बैशाख । जनकपुरस्थित रौनियार सेवा समितिको संयोजन र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ८३ जनाले निःशुल्क मुटु जाँच गराएका छन् ।

रौनियार अतिथी सदनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा पुरानो मुटुका विरामीसहित नयाँ गरि कुल २ सय ८३ जनाले जाँच गराएको छ । सो क्रममा १५० जनाको निःशुल्क इसीजी र ८५ जनालाई निःशुल्क इको क्रार्डियोलोजि गरिएको छ ।

शिविरमा सन फर्मास्युटिकल्सले निःशुल्क औषधीको व्यवस्था गरेको थियो भन्ने संकल्प नेपालले विरामीहरुका लागि निःशुल्क विस्कुट र जुसको व्यवस्था गरेको थियो ।

शिविरका कारण उत्साहित भएका सेवा समिति जनकपुरका पदाधिकारी तथा सहयोगीहरु सकारात्मक सहयोगका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको १२ सदस्यीय टोलीलाई धन्यावाद ज्ञापन गरेका छन् ।

अतिथी सदनमा शनिवार विहान ८ बजेदेखि सुरु भएको शिविर बेलुकी तीन बजेसम्म चलेको थियो । निःशुल्क शिविरमा गंगालाल अस्पतालका वरिष्ठ हृदय रोग विशेषज्ञ डा. विनय कुमार रौनियारको नेतृत्वमा डा.अमित कुमार सिंह, डा.मिलन गौतम, डा.सुनिता केसी, डा.सन्तोष दोरंगसहितको विशेषज्ञ टोली सहभागी थिए ।

चिकित्सकहरुले रोगका लक्ष्ण देखिएका विरामीहरुलाई गंगालाल अस्पतालमा थप उपचारका लागि आउन सुझाव दिए । गंगालाल गरिव र धनी दुवैका लागि एकैनाशको सेवा प्रदायक अस्पताल रहेको बरु गरिवहरुका लागि धेरै सुविधा रहेको चिकित्सकहरुको दावी छ ।

यसअघि शुक्रवार जनकपुर आइपुगेको सो टोली स्थानिय पत्रकार, नागरिक समाज तथा बौद्विक स्तरका व्यतिmहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरि मुटुरोग, लाग्ने कारण, बच्ने उपाय सहित रोगको विषयमा वृस्तृतमा जानकारी गराएको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.