Freed kamlaris, protest against the government demanding the government investigate the killings and ongoing sexual exploitation of Kamlaris at western gate of Singha Durbar ,Hanuman than in Kathmandu on June 4, 2013. Photo: Bhaswor ojhaRepublica/Nagarik

हुलाकी न्यूज, कैलाली ११ बैशाख । उदासीपुर–९ पूर्व टेढीका स्थानीय प्रदेशु चौधरीले आफ्नी २५ वर्षिया वहिनी मेनिका चौधरीको आत्महत्यालाई लिएर पीडक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी गर्न पुगेका थिए । तर अपशोच प्रहरीेले मुद्धा दर्ता गर्नै मानेन ।

कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले ठाडै अस्वीकार गरेपछि निवेदन फिर्ता लिएका पीडितले झनै पीडा महसुस गर्न बाध्य भएका थिए ।

तर चौतर्फी विरोधका स्वरहरु गुन्जिन थालेपछि प्रहरीले मुद्धा दर्ता गरी आत्महत्या प्रकरणको अनुसन्धानलाई अगाडी बढाएको हो । चार वर्षदेखि धनगढीको आशिष मोबाइल ग्यालरीमा काम गर्दै आएकी मेनिका चौधरीले वैशाख दुई गते पसलको पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

चौतर्फी दवाबका बाबजुत पसल मालिक तोहित सिद्धिकीलाई नियन्त्रणमा लिई अनुसन्धानमा जुटेको प्रहरीले आत्महत्या प्रकरणबाट नयाँ तथ्य समेत वाहिर ल्याउन सफल भएको छ ।

प्रहरीले युवतीको मृतकालिन घोषणालाई आधार बनाएर अनुसन्धानको क्रममा पसल मालिकले पे्रममा धोखा दिएपछि आत्महत्या गरेको तथ्य प्रहरीले वाहिर ल्याएको हो ।

मर्ने बेलामा कसैले आफू मर्नुको प्रमाण कसैलाई छोड्छ भने त्यसलाई मृतकालिन घोषणा भनिन्छ । प्रहरीले मृतकालिन घोषणाका साथै आत्महत्या गरेको सम्पूर्ण दृश्य सीसी टीभीमा रेकर्ड भएको फुटेजको आधारमा पनि अनुसन्धान गरिएको छ । जसको आधारमा चौधरीको आत्महत्या गर्नुको प्रमुख कारण प्रेममा धोखा रहेको प्रहरी ठम्याई छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टका अनुसार मुक्त कमैया कोटाबाट मोबाइल मर्मतको तालिम लिने क्रममा मेनिकालाई अभ्यासका लागि आशिष मोबाइल ग्यालरीमा पठाइएको थियो । सोही क्रममा उनलाई साह्रै मिहिनेतीको संज्ञा दिदैं पसल मालिकले काम गर्ने अवसर पनि दिए । विक्रम सम्वत २०६८ बाट आशिष मोबाइलमा काम गर्न थालेकी मेनिका र मालिक सिद्धकीबीच प्रेम सम्बद्ध बढ्यो । विवाहित सिद्धकीले श्रीमती बनाउने प्रलोभनमा लामो समयसम्म शारीरिक सम्बन्ध पनि राखेको प्रहरी दावी छ ।

मेनिकाले मान्दै आएको धर्म परिवर्तन गराएर इस्लाम धर्म अपनाउनका लागि उनलाई लामो समयसम्म अभ्यास पनि गराइएको पाइएको प्रहरी उपरीक्षक बिष्टले बताउनुभयो । उनका अनुसार त्यसबीचमा युवतीको पेटमा बसेको गर्भ औषधि प्रयोग गरेर दुई पटक तुहाइएको छ ।

सोही क्रममा सिद्धकीले अर्की प्रेमिका चिताएपछि दुवैबीच खटपट बढेको थियो । त्यही क्रममा युवतीले आत्महत्या गरेकी हुन ।

आत्महत्या गर्ने क्रममा युवतीले आफ्ना दाजुलाई ‘म मर्नुको प्रमाण घरको कुनामा प्लाष्टिकको झिल्लीमा राखिएको छ’ भनेर मोबाइलबाट सन्देश पठाएकी थिइन् । उनले सन्देश पठाउँदै गरेको दृश्य पनि सीसी टीभीमा कैद छ । युवतीले यौन सम्बन्ध भएको, गर्भ बसेको र गर्भ पतन गराइएको मिति सहित धर्म परितर्वन गराउनेसम्मको सबै प्रमाण र सिद्धकीका नाममा छ वटा हस्तलिखित ‘प्रेम पत्र’ घरमा छाडेकी थिइन् । सोही प्रमाणको आधारमा जबरजस्ती गर्भपतन गराइएको देखिएपछि प्रहरीले सिद्धकीलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । प्रमाण ऐन २०३१ अनुसार मृतकालिन घोषणालाई आधार बनाएर अभियुक्तमाथि अनुसन्धान थालेको एसपी बिष्टको भनाइ छ । उनले विहिवार म्याद थप गरेर अभियुक्तलाई थुनामा राखेको जनाउँदै १२ हप्ता भन्दा बढी अवधिको गर्भपतन गराईएको पुष्टि भएमा अभियुक्तलाई एक वर्षको जेल सजाय हुने बताए । नेपालमा पहिलो पटक यस प्रकारको अनुसन्धान थालेको बिष्टले दावी गरे ।

आत्महत्या देशभरीको साझा समस्या हो । विभिन्न कारणले मुलुकभरी आत्महत्या गर्नेहरु धेरै रहेकोमा यस्तो घटना सुदूरपश्चिममा अझ बढी भइरहेको सुदूरपश्चिम प्रहरी उपरीक्षक विजयकुमार भट्टले बताए । उनले आत्महत्याका घटना न्यूनिकरणका लागि जनचेतना बाहेक अन्य विकल्प नरहेको उल्लेख गरे ।

मेनिका आत्महत्या प्रकरणमा प्रलोभन देखाएर यौन शोषण, धर्म परिवर्तन गराउने जस्ता घटना आपराधिक भए पनि पीडितले आत्महत्या गरेकाले अभियुक्तलाई त्यस अपराधमा कारबाही गर्न नसकिने डीआइजी भट्टले बताए । उनले यस्ता घटनाका पीडितलाई आत्महत्याको बाटो रोज्नु भन्दा पनि प्रहरीको महिला सेलमा न्यायका लागि उजुरी दिन आग्रह गरे ।

‘दोषी र निर्दोषी छुट्याउने काम प्रहरीको होईन त्यो त सम्मानित अदालतको हो’ अधिवक्ता गम्भीरसिंह ऐरले भने– ‘शुरुमै दोषी र निर्दोषीको फैसला गर्नु प्रहरीको गैरकानुनी काम हो ।’

न्यायको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका अधिकाँश पीडितहरु निराश हुने गरेका छन् । प्रहरीको ब्यवहारले झन पीडा थपिने गरेको गुनासो एक पीडितले गरे । जसप्रति नागरिक अगुवाहरुले प्रहरीको कार्यशैलीप्रति तिब्र असन्तुष्टी जनाएका छन् ।

‘दोषी र निर्दोषी छुट्याउने काम प्रहरीको होईन त्यो त सम्मानित अदालतको हो’ अधिवक्ता गम्भीरसिंह ऐरले भने– ‘शुरुमै दोषी र निर्दोषीको फैसला गर्नु प्रहरीको गैरकानुनी काम हो ।’ कानुनीरुपमा सबैका मुद्धा प्रहरीले दर्ता गर्नु पर्नेमा पहुँच भएकाहरुको सोही घटनामा पनि मुद्धा दर्ता गर्ने र पहुँच नभएकाहरुलाई फिर्ता पठाउने गरेको आरोप कानुन ब्यावसायी ऐरको छ । प्रहरीले अनुसन्धान गरेर आफ्नो प्रतिवेदनमा दोषी वा निर्दोषी भनेर खुलाउनुपर्नेमा पहिला नै निर्दोष हो भनेर अनुसन्धानको बाटो बन्द गर्नु गलत भएको उनले बताए ।

-थारुनकेबाट / पूर्व कमलरीहरुको फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.