Press_release_Nepal_GOV
हुलाकी न्यूज, काठमाडौं ११ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले कुटनितिक नियोगका सदस्यहरुसँग छलफल गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ ।

नेपालमा रहेका विभिन्न कुटनितिक नियोगका सदस्यहरुसँग मधेशी मोर्चासहित संघीय गठबन्धनका नेताहरुले विहीबार छलफल गरेका थिए ।

काठमाडौंस्थित र्याडिसन होटलमा मोर्चाका नेताहरुले ती विदेशीहरुसँग आफ्ना मागहरुका बारे ध्यानाकर्षण गराएका थिए । मोर्चाका नेताहरुले मधेशी–थारुको आन्दोलनमा सरकारद्वारा भएको मानव अधिकार हनन्को घटना बारे पनि जानकारी गराएका थिए ।

यता सरकारले शुक्रबार एक वक्तव्यमार्फत विदेशी नियोगका सदस्यहरुले त्यस्तो छलफलमा सहभागी हुनु गलत भएको दाबी गरेको छ ।

नेपाल सरकारलाई जानकारी नगराई मोर्चाको कार्यक्रममा सहभागी हुनु संधि सम्झौता विपरीत भएको भन्दै सरकार परराष्ट्र मन्त्रालयले आपत्ति प्रकट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.