Nepalese police-madhesh-protest
हुलाकी न्यूज, काठमाडौं ११ बैशाख । नयाँ संविधानबाट असन्तुट रहेका मधेशीहरुलाई अव सुरक्षाकर्मीहरुले संविधान बारे सम्झाउने भएको छ । आन्दोलनको क्रममा चार दर्जनभन्दा बढी मधेशीहरुको हत्या गरेका सुरक्षा संयन्त्रले अन्तरक्रियामार्फत संविधान बारे बुझाउने छ ।

शुक्रबार गृह मन्त्रालयले मधेशका जिल्लामा खटिएका सुरक्षा निकाय अधिकारीलाई संविधान बारे मधेशीहरुलाई सम्झाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले मधेशका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र सुरक्षा निकायका प्रमुखलाई राजनीतिक दल, नागरिक समूदाय लगायतका सरोकारवालसँग छलफल गरेर नयाँ संविधानमा मधेशी समुदायका अधिकार कटौती गरेको भन्ने भ्रम रहेको उल्लेख गर्दै विभिन्न गोष्ठी, छलफल गरेर मधेशी जनतालाई नयाँ संविधानबारे बुझाउन निर्देशन दिएको हो ।

कान्तिपुरका अनुसार गृह प्रवक्ता यादव कोइरालाले मधेशी समूदायमा संविधान कार्यान्वयबारे निकै चुनौती भएको भन्दै संविधानका अन्तवस्तुबारे छलफल गरेर बुझाउन निर्देशन जानकारी दिए । ‘मधेशी जनतामा नयाँ संविधानले अधिकार कटौती गरेको छ भन्नेमात्र भ्रम छ,’ उनले भने, ‘राजनीतिक दलसँग बसेर बुझाउ भनेका छौं ।’

गृहमन्त्री शक्तिबहादुर बस्नेत, गृह सचिव नारायणगोपाल मलेगो, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक दुर्जकुमार राईसँग तराईका जिल्लामा खटिएका सुरक्षा निकायका अधिकारीले मधेशी जनतामा संविधानका विषयमा ठूलो भ्रम रहेको गुनासो गरेको प्रवक्ता कोइरालाले बताए । ‘हामी भर्खर मधेशका जिल्लामा गएर त्यहाँ सुरक्षा निकायका अधिकारीसँग छलफल गरेर फर्केका छौं,’ उनले भने, ‘उहाँहरु सबैको गुनासो एउटै संविधाबारे मधेशी जनतामा भ्रम छ ।’

‘उहाँहरुको (सुरक्षाका निकाय प्रतिनिधि) कुरा सन्दा हामीहरुले मधेशका जनतालाई संविधानबारे बुझाउन सकेनौं भन्ने लाग्यो,’ उनले भने, ‘पहिलेको संविधान भन्दा यो निकै अग्रगामी संविधान छ, तर बुझाउन नसक्दा भ्रम सिर्जना गर्नेहरु सक्रिय भए ।’

मधेशका सञ्चारमाध्यममाथि निगरानी

मधेशका सञ्चारमाध्यमले पनि संविधानबारे भ्रम फैलाएको भन्दै उनले त्यस्ता सञ्चारमाध्यममाथि निगरानी बढाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए । ‘मधेश आन्दोलनवेला संविधानबारे भ्रम फैलाउने सञ्चारमाध्यमको प्रमाण संकलन गरे बुझाउन मौखिक निर्देशन दिइसकेको छौं,’ उनले भने, ‘भ्रमबारे प्रमाण फेला परे कारबाहीका लागि सञ्चार मन्त्रालयलाई पत्राचार गर्छौं ।’ नेपाल–भारत सिमामा भइरहेको घुसपैठलाई तत्काल नियन्त्रण गर्नसमेत निर्देशन दिएको उनले बताए ।

‘अवैधरुपमा हातहतियार भित्र्याउनेलाई कानुनी दायरामा ल्याई तत्काल कारवाही गर्न विशेष सुरक्षा टोली परिचालन गर्नसमेत निर्देशन दिएका छौं,’ उनले भने, ‘मुलुक टुक्र्याउन खोज्ने तत्वको पहिचान गर्न सबै निकायलाई भनेका छौं ।’ विखण्डनकारीलाई पक्राउ गरि कानुन अनुसार कारवाही गर्नसमेत मन्त्रालयले निर्देशन दिएको उनले बताए ।

‘मुलुकको सार्वभौमतामाथि आँच र्पुयाउनेमाथि कारवाही गर्नैपर्छ, जे गरे पनि ठिक हुन्छ भन्ने भ्रमबाट अन्त्य गराउनपर्छ,’ उनले भने, ‘विखण्डनकारीलाई टाउको उठाउन दिनु हुँदैन ।’ केही दिन उपत्यकाको विशेष सुरक्षा गोष्ठीमासमेत गृहमन्त्री बस्नेतले संविधानपक्षधर र विराधीबीच संघर्ष चलिरहेको बताएका थिए ।

फाईल फोटो

2 COMMENTS

  1. sala harami xaan dess lai tukraune kaam gareka xaan aaba madhes saant hudaina aaba nepal ko bhabisya des tukre ra xodxa yo sarkari kadam le…. sayad ck raut ko boli yahisamay ma goli banxa…

  2. sala hamro desh ko bidabana jati madhesi sahinchh tyati ke oli group hawi hunchh sabaii thok taisakaii hathma chhan police dekhi liyer media

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.