Prachanda

हुलाकी न्यूज, दाङ १० बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश आन्दोलन सम्बोधन गर्न संविधान संशोधनको  फेरि तयारी भइरहेको बताएका छन् ।

शुक्रवार दाङको तुलसीपुरमा पार्टीको भातृ संगठन थारू मुक्तिमोर्चाको सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अब गरिने संशोधनले मधेशी, थारूसहित असन्तुष्ट सबै पक्षका माग संबोधन गर्ने दाबी पनि गरेका छन् ।

अध्यक्ष प्रचण्डले वर्तमान संविधानले सबैका अधिकार सुनिश्चित गर्न नसकेको पनि स्वीकार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.