Prachanda-Topbahadur

हुलाकी न्यूज, नेपालगञ्ज १० बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जमा लोडसेडिङ घटाउन टेलिफोनबाटै निर्देशन दिएका छन् ।

शुक्रवार व्यापारी, नेता, बुद्धिजीबी, पत्रकारलगायतको ज्ञापनपत्र बुझ्दै प्रचण्डले उर्जामन्त्री टोपबहादुर रायमाझीलाई टेलिफोन गर्दै नेपालगञ्जको समस्याप्रति गम्भीर बन्न निर्देशन दिएका हुन् । उनले नेपालगञ्ज देशकै सबैभन्दा बढी गर्मी हुने ठाउँ भएकाले सर्वसाधारणको समस्याप्रति गम्भीर बन्न पनि आग्रह गरे ।

अध्यक्ष प्रचण्डले नेपालगञ्जको विद्युत् समस्या समाधान गर्न आफू काठमाडौं फर्किएलगतै प्रधानमन्त्रीसँग छलफल गर्नेसमेत आश्वासन दिए ।

अत्यधिक लोडसेडिङ, गर्मी र तातो हावाका कारण नेपालगञ्जलगायत मधेशका जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.