हुलाकी न्यूज, गौर, २७ भदौ । रौतहटको गौरमा प्रहरीको गोली लागि दुई जना प्रदर्शनकारी गम्भीर घाईते भएका छन् । घाईते हुनेहरुमा अकुलवा ७ का ६५ वर्षीय शेख मैरुद्दिन र गौर नगरपालिका ६ का ५४ वर्षीय लालबाबु पटेल रहेका छन् ।

मैरुद्दिनको अण्डकोषमा प्रहरीको गोली लागेको छ भने पटेलको ढाडमा गोली लागेको छ । उनीहरुको उपचार जिल्ला अस्पताल गौरमा सम्भव नभएपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाउने तयारी गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार उनीहरुको बाँच्ने सम्भावना न्यून रहेको छ ।

आईतबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले संयुक्त रुपमा वृहत प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले दिउँसो १२ बजेदेखि अनिश्चितकालिन कर्फयू लगाएको छ ।

गौरको विभिन्न क्षेत्रमा कर्फयू तोड्दै प्रदर्शन जारी छ । गौरको अवस्था निकै तनावपूर्ण रहेको छ ।

gaur-ghaite

 

 

तस्विर सौजन्य : धर्मेन्द्र कुमार/गौर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.