
हुलाकी न्यूज, काठमाडौं १० बैशाख । मन्त्रिपरिषद्द्वारा सिफारिस गरिएका २१ देशका राजदूतहरुको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
शुक्रबार कामु प्रधानन्यायाधिश सुशीला कार्कीको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । १५ दिनभित्र सिफारिसका विषयमा लिखित जवाफ सर्वोच्चले माग गरेको छ ।
संविधानको धारा २८२ को मर्म विपरीत सरकारले उक्त राजदूतहरुको सिफारिस गरेको भन्दै अधिवक्ता रक्षाराम हरिजनले रिट दायर गरेका थिए ।
उक्त रिटमाथि अधिवक्ता दिपेन्द्र झाले शुक्रबार बहस गरेका छन् । अधिवक्ता झाको बहस पछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।
थप सम्बन्धीत समाचारहरु



