Dr.rambaran_yadav
काठमाडौं ९ बैशाख । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रियताको नाममा मधेशलाई होच्याएर व्यवहार गर्न नछोडे मुलुक टुक्रिन सक्ने चेतावनी दिएका छन्।

पूर्वराष्ट्रपति डा. यादवले नेपालले पूर्व र पश्चिम दुवैतिर आफ्ना भूभाग गुमाएको इतिहास रहेको भन्दै मधेश समस्याको समाधान गर्न गम्भीरता नदेखाए मुलुक फेरि पनि टुक्रिन सक्ने चेतावनी दिएका हुन्।

पत्रकार जगत नेपालले लेखेको पुस्तक लोकार्पणका लागि बिहिवार अपरान्ह संसद् भवनको ल्होत्से हल पुगेका पूर्वराष्ट्रपति डा. यादवले संविधानमा सबै कुरा समावेश भएपनि मधेशवादी दल असन्तुष्ट रहेको अवस्थामा कार्यान्वयन निकै चुनौतिपूर्ण रहेको बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै राष्ट्रियताको अतिवादी नारा लगाएर हिमाल, पहाड र तराई जोडिन नसक्ने भन्दै मधेशीलाई होच्याएर तथा तीतो बोलेर व्यवहार नगर्न आग्रह गरे। उनले अन्धराष्ट्रवाद्ले मुलुक जोडिन नसक्नेतर्फ सबै सचेत हुन आवश्यक रहेको बताए।

पूर्वराष्ट्रपति डा. यादवले प्रधानमन्त्री ओलीमाथि संविधानको कार्यान्वयनमा तदारुकता नदेखाएको आरोप समेत लगाए। उनले संविधानको कार्यान्वयन गर्नु पहाड पन्छाउनुसरह रहेको तर समय घर्किंदै गएपनि आफूले काम भने केही पनि भएको देख्न नपाएको बताए। उनले संविधान जारी गर्दा आफूलाई पूरै बेवास्ता गरिएको गुनासो समेत गरे।

उनले संक्रमणकालका बेला राष्ट्राध्यक्ष, सभाध्यक्ष, प्रधानमन्त्री तथा संविधान मस्यौदा र संवैधानिक समितिका संयोजकले एक ठाउँमा बसेर छलफल गरी सहमति गर्न आवश्यक भएपनि आफूलाई पूरै उपेक्षा गरिएको र त्यसकै परिणाम ९० प्रतिशत मतका साथ जारी भएको संविधानको कार्यान्वयनमा जटिलता खडा भएको बताउ।

कार्यक्रममा विघटित संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भने संसारका कुनैपनि मुलुकमा सबैको सहमतिमा संविधान जारी भएको उदाहरण नरहेको भन्दै दुई तिहाइभन्दा बढी जनप्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनमा सबै राजनीतिक दल एकताबद्ध हुनुको विकल्प नरहेको बताए। सेतोपाटीबाट

7 COMMENTS

  1. रास्ट्रले गरेको सम्मान को बदला यस्तै गरि तिर्नु पर्छ। राम्रो कुरा गर्दै हुनु हुन्छ। यो देशले शन्ती र अ्मन चैन पाउन तपाईं जस्ता को लागि सजाय मृत्युदन्ड हुनु अनिवार्य छ।

  2. Dear Mrs Binita Kumari, Chairperson, Hulaki Media,

    Yesterday I commented on Hulakinews नेपालबाट मधेश टुक्रिन सक्छ : पूर्वराष्ट्रपति डा. यादव and my comments are widely circulated through Madhesh Think Tank and my Facebook. However, my comments are not shown on “LEAVE A REPLY” why? Do you have any set criteria for rejecting comments. If so, you should write it.
    Thanks,
    Dr. Shree Govind Shah

  3. Karyakari power lagayar prime minister le madhesi president lae pakha lagaako bhani bujhe pachi unako unteratma baat niskeko asbaj ho.phasi teen dalka sachetaklai ra speaker lai dinu psrchha jasle sansodhan prastablai chhek bar tatha kaanma tel haler thapadi bajaun lagay.

  4. thukka girija ra sushil ra prachanda
    yini haru up gam ma 20 lskh Bihar up ko manchhe le nagrikta paayo
    kasto kanoon Nepal ko
    mo shrestha bhaye ra pani nagrikta na paaune ra bhaiya haru lay tarai ma sazilo nagrikta paaune

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.