janakpur-churot-factory-
जनकपुरधाम ९ बैशाख । टाट पल्टेको जनकपुर चुरोट कारखाना सरकारले बिक्रि नगर्ने भएको छ  ।

उद्योग मन्त्रालय र Agents for Societal Change Pvt. Ltd नामक कम्पनीबीच बुधबार भएको छलफलमा जचुकाली विक्रि नगर्ने बताइएको छ । सरकारको प्रतिनिधित्व गरेको सहसचिव हरीराज पन्तले जचुकालीको ब्यबस्थापन स्थानीयवासीले गर्ने बारे चरणबद्ध छलफल गर्दै अघि बढ्ने प्रतिक्रिया दिएको कम्पनीका अध्यक्ष ई. कृष्णचन्द्र साहले बताए ।

प्रारम्भिक छलफल सकारात्मक रहेको  अध्यक्ष ई. साहले थपे । उद्योग मन्त्रालयका सहसचिव पन्तले जचुकाली विक्रि नगर्ने स्पष्ट पारिसकेकोले अव स्थानीयले व्यवस्थापन गरेर संचालन गर्ने बारे मात्रै छलफल हुने साहले बताए ।

कारखाना संचालन गर्नको लागि थप आधारहरु तयार पार्नको लागि सहसचिव पन्तले भनेका छन, ई. साहले भने–‘अव थप आधारहरु पेश गर्नेछु ।’ विक्रि गर्न, भाडामा उपलब्ध गराउन तथा स्थानीय व्यवस्थापनमा संचालन गर्नको लागि प्रस्तावना पेश गरेको कम्पनीसित बुधबार उद्योग मन्त्रालयले छलफल गरेको छ । जनकपुर टुडेबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.