
अलिसा कोइराला
आज स्पष्ट भयो, नेपालको संविधान मात्र विभेदकारी होइन, यहाँ त सोच नै विभेदकारी छ । २१ जना राजदूत नियुक्तिले स्पष्ट गरिएको छ ।
जति सुक्कै जे गरेपनि हामी खसआर्य त्यसमापनि विशेष गरी बाहुन पुरुषहरुको सोचमै विभेद स्वार्थ छ । मेरा अधिकांस जनजाति, आदिवासी, दलित, मधेशी, थारु साथीहरुले भन्ने गर्थे बाहुन स्वार्थी हुन्छ, विभेदकारी हुन्छ र म सधैव तिनीहरुलाई सम्झाउने गर्थे कि सबै होइन केही बाहुनहरु मात्र त्यस्ता छन् । दुइचारजनाको कारण सम्पूर्ण समाजलाई गलत भन्नु ठिक होइन तर आज मलाई तिनीहरुको सामना गर्ने आंट छैन ।
कुन मुखले भनु कि बाहुनहरु विभेदकारी छैन ? फेरी सम्झे नियुक्ति त दुइ–चार जना स्वार्थी र अत्याचारी साशक वर्गका नेताहरुले मात्र त गरेको हो । हाम्रा सम्पूर्ण खसआर्यलाई विभेदकारी भन्नु ठिक होइन होला, तर यति बेरसम्म कुनै पनि खसआर्यका नेता वा व्यक्तिले यस नियुक्तिको बिरोध गरेको देखिन ।
अतः दुईचार जनाले विभेद गर्यो भने बाँकी सबैले मौन भएर यस विभेदलाई समर्थन गरिरहेका छन् । अर्थात कोही प्रत्यक्ष विभेद गरिरहेका छन् भने कोही अप्रत्यक्षरुपले विभेद गरिरहेका छन् । विभेद गर्नु र विभेदलाई मौन समर्थन गर्नु, मौन भएर विभेदको लाभ उठाउनु यी सबै स्वार्थी र विभेदकारी नै हुन् ।
अन्संतुष्ट पक्ष विशेष गरि मधेसी थारु जनजाति हरुलाई सोध्न चाहन्छु ,तपाईहरुले संविधान संसोधन गराएर पनि के नै पाउनु हुनेछ ? यँहा त आफैले बनाएको विभेदकारी संविधान त पालना गरिरहेका छैन ? झन् समग्रको पहिचान ,हकअधिकार सम्पन्न संविधान आयो भने यिनीहरुले के मान्थ्यो होला र ?त्यसैले होला सबैको पहिचान हकअधिकार समान भएको संविधान ल्याउन नखोजिएको ? संविधान त संसोधन हुन सक्छन तर यो स्वार्थी एकलौटी विभेदकारी सोच को अन्त्य कसरि हुन्छ ?
जब अधिकांस बरिष्ठ पदहरुमा खसआर्यको वर्चस्वको बिरोध गर्दा हामी सबैले योग्यताको स्वाङ्ग झारछौ, हामी भन्ने गर्छौ बाहुनहरु विद्वान हुन्छन् । योग्य हुन्छन, परीक्षामा उतिर्ण हुन्छन् त्यही भएर अधिकांस पदमा हुन्छन रे । तर बन्द कोठामा कुनै योग्यता न जांचीकन सुटुक्क यस २१ जनाको नियुक्तिले स्पस्ट गरेको छ । नेपालमा वरिष्ठ पदमा हुनुको प्रथम योग्यता ठूलो पार्टीमा संग्लन हुनु पर्यो र दोश्रो योग्यता खसआर्य, त्यसमापनि विशेष गरी बाहुन पुरुष हुनुपर्यो ।
आफ्नो मेहनतले आर्जेको सैक्षिक योग्यतालाई आगोमा नस्ट गरे हुन्छ, यसको हाम्रो नेपालमा कुनै कदर छैन ।
नेपालमा समानुपातिक र समावेशी शब्दको अर्थ ८० प्रतिशत खसआर्य (बाहुन र क्षेत्री पुरुष) अनी बाँकी २० प्रतिशतमा महिला, दलित, जनजाति, आदिवासी, मधेसी–थारु हो भन्ने बुझ्नुपर्दछ ।
सानो–तिनो पदमा जनजाति, आदिवासी, मधेसी, थारु, दलित, महिला पिछडिएका पक्षलाई केही साधारणमा आरक्षण दिने, अनी अधिकांस वरिष्ठ पदमा लुकी–लुकी बन्द कोठामा सुटुक्क आफ्नो निकट बाहुन र क्षत्री पुरुषहरुको नियुक्ति गर्ने ।
अरुले बिरोध गर्छन कि भन्ने डरले आफ्नो निकट एक दुइजना पिछडिएका वर्गलाइ पनि दिने । झन् संसारलाई राष्ट्रपति, सभामुख जस्तो पदमा आफ्नो इशारामा नाच्ने आफ्नो निकटका गैर बाहुन क्षत्रीहरुलाई दिएर ढोंग गरेर संसारलाइ मुर्ख बनाउन खोज्ने ।
केही साथीहरुले भन्ने गर्थे, नेपालमा कुनै विभेद छैन, सबैलाई समान अवसर दिएको छ, म ती साथीहरुलाई आग्रह गर्दछु एकचोटी सबैले नियुक्ती भएको २१ जना राजदुतको योग्यता निरिक्षण गर्नु होला । नियुक्ति गर्ने शैली बुझ्नुहोस् अनी आफै थाहा पाउनुहुन्छ कि नेपालमा भेदभाव र विभेद छ कि छैन ?
बारम्बार आन्दोलन किन हुने गर्छन्, रक्तपात बिद्रोह किन हुन्छ ? यी सबै आन्दोलन, बिद्रोह, रक्तपातको मुख्य जडो यही हाम्रो एकलौटी राज गर्न खोज्ने स्वार्थी, विभेदकारी सोच नै हो ।
अब मलाई कतिले बाहुन समाजको कलंक पनि भन्ने छन् । बाहुन समाजको कलंक म होइन तपाईहरुजस्ता स्वार्थी विभेदकारी व्यक्तिहरु हुन् ।
एक समय थियो इतिहासमा बाहुन भनेपछि, दानी कर्मठ योगी भनेर चिनिन्थ्यो, अहिले त बाहुन बाजे लोभी, बाहुन स्वार्थी विभेदकारी सुन्नुपर्छ ।
एक समय थियो कुनै ठूलो पदमा नभएपनि बाहुन भने पछि आदरनीय, पुजनीय भनेर चिनिन्थ्यो तर आजभोलि जतिसुक्कै ठूलो पदमा भए पनि बाहुनलाई स्वार्थी, लोभी, विभेदकारी भनेर सरापिन्छ ।
आजभोलि तपाइँहरुको विभेद र स्वार्थको कारण लोभी र स्वार्थी र विभेदकारी बाहुनको पार्यवाची शब्द बन्न पुगेको छ । ब्राह्मणको ठूलो धर्म भनेको नै त्याग हो, समाजलाई अराजक अन्याय अत्याचार बिरुद्ध आवाज उठाउनु हो ।
आज म बाहुन समाजकै भएर पनि यस्तो स्वार्थयुक्त भेदभावको बिरोध गरेर समानताको पक्षमा बोलेर असल ब्राह्मण धर्मको पालना गर्दै छु । तसर्थ बाहुन समाजको कलंक म होइन विभेद गर्ने तपाईहरुजस्ता व्यक्ति र मौन भएर विभेदको लाभ उठाउने तपाईहरु जस्ता स्वार्थी बाहुनहरु बाहुन समाजका कलंक हुन् ।
चाहे मलाई गाली गर्नुहोस् वा मेरो विरोध गर्नुहोस म आफ्नो धर्म गर्दैछु र सधैव गरिरहने छु । मेरो धर्म अन्याय–अत्याचार–विभेदको बिरुद्ध बोल्ने र सत्य, समानता, न्यायको पक्षमा बोल्ने हो ।
धन्यवाद !!
अलिसा कोइरालाको फेसबुक पेजबाट




Alisha jasto swachha bicharka khaschhetriharu bhaidiyeko bhaye janatale uniharulai bhagaban man the.
Alisha you and your thinking is great
U R absolutely right.
हो, अधिकांस बाहुनहरू को हेराई, सोच, र ब्यबहार नै विभेदकारी हुने गर्दछ / नेपालमा आन्दोलनको लहर तब सम्म रोकिने छैन जब सम्म उच्च वहदामा बस्नेहरु को विभेदकारी सोच पूर्ण रुपले फ़ेरिदैन /
Aru lai vannu agy afu nai galat soch ka sath agy badako chu vanara sochnus. Saichik sanstha school ka tee nabalakh la k bigaraka tha ra tapai haru janajaty dalit ko naam bechara yo des ma yaty yogy sir miss huda hudai uneharu bides jana badhya chan. Kena ke tyo ta tapai haru jastai la bahun bad dalid bad janajaty bad ko biruwa ropara ho bacholar ma 90% launa bahun pratisparda ma utrida ne thau napauna tyai40% lyauna janajaty dalit and aru khai k khai k kota ke khai k ho arakchyan ke khai k ho majala la teachar ra kamsakam tyo 90% lyauna bahun bad teacher ko job pako thyo vane bahun bad matra navara sabai bad ka bichara tee kalela bidhyarthe la ucha sikcha ta pautha. Yo bad pratha la nepal 10 barsa pache sarcha yogy la thau napauna kota ra arakchyan ko vasan dina sajelo cha yasta vasan dina la afna hora chore kena private bording ra bides pathayara chora chore padauna kena ke kota ra arakchyan la sikchya pranale nai dharasal cha vanna taha payara kamsakam sikchya ma ta yo bad pratha hatau kena yo bad pratha hatayara hame vanna sakdainau ke hame nepali hamro nepal pratha rakha ta hame nepali pratha rakha tyo bad hatara jaya nepal jaya jaya nepal
wow ! what a thought.
You will be always respectable person for your truth analysis. Keep it up. You are a real Nepali who is rising the issue honestly for the peace Nepal. Salute you.
Great lady…great article…great thinking…
Great thought alisha. U r need of nation.
जय नेपाल र जय नेपालको छोरी,तपाई को सोच बिचार र भावनालाई म तमाङ्ग को छोर सलुट गरें,।
Lets all rise with the same thinking like Alisha..shw is great n rational…all d best..wind of change will soon blow in our face if we youths like us rise and unite against the busted system and replace all old maggots…Viva Nepal..
राम्रो बिचर पुर्याउनु भएछ
हालको समय परिस्थिति लाई पहिचान गरी आवश्यक बाताबरण बनाउन सफल हुनु राम्रो ।
राष्ट्र बैंक को गवर्नर नियुक्ती गर्दा मनोनयन का ४ ब्यक्ती मा समेत अरु जाती का पारिएन । । । ।छेत्री समेत पारिएन । । जनजाती आन्दोलन भैरहेको उक्त समयएमा एसो सदसएता देखौउन मात्र भएनी मनोनएन मा मात्र भएनी केहि जनजाती वा मधिसे बाट राखेनी राम्रो हुन्थ्यो । । । ।मै खौउन मै लाउ मोज मज्जा मै गरुम भन्ने मनसाएले गत्ती न पत्ती नभएको लालची चकारीबाज गवर्नर नियुक्ती भयो । । ।यो त उधाहरन मात्र हो । । ।जता ततै बेथिती । । ।२००७ देखी आजसम्म मात्र भसिक फाइदा लिएर लोक सेवा जित्छन । । ।देश को सेवा होईन काठमम्दुमा ४ आन जग्गा र भुइतल्ले घर को १० पुस्ता देखिको सपना पुरा गर्छन । । ।मात्र तेत्ती सपनको लागि लोक सेवा लद्छन । । ।ल भन्नुस सदिउ देखी भसिक फैदा लिएर लोक सेवा लद्ने ५१ % ले आरछ्यन पए कि औरुको भाषा म लोक सेवा लफ्ने जनजती सपुत हरुले । । ।एक पुय बिस्कुत्मा ५१% मै खान्छु बाकी जनजाति, मुस्लिम्, महिल, दलित्, आदिबसि, थारु, राउते, धर्ती पुत्र सबै मिलेर खाउ भन्ने निती बिभेद्कारी नभए के ? तसर्थ हामी बाहुन हरु नेपाल र समुदाएमा धृना को पात्र भाई अरु बाट एक्लिन्दै गएको मा स्वर्थी रज्नित्ज्ञ हरु नै दोशी छन । । ।
राष्ट्र बैंक को गवर्नर नियुक्ती गर्दा मनोनयन का ४ ब्यक्ती मा समेत अरु जाती का पारिएन । । । ।छेत्री समेत पारिएन । । जनजाती आन्दोलन भैरहेको उक्त समयएमा एसो सदसएता देखौउन मात्र भएनी मनोनएन मा मात्र भएनी केहि जनजाती वा मधिसे बाट राखेनी राम्रो हुन्थ्यो । । । ।मै खौउन मै लाउ मोज मज्जा मै गरुम भन्ने मनसाएले गत्ती न पत्ती नभएको लालची चकारीबाज गवर्नर नियुक्ती भयो । । ।यो त उधाहरन मात्र हो । । ।जता ततै बेथिती । । ।२००७ देखी आजसम्म मात्र भसिक फाइदा लिएर लोक सेवा जित्छन । । ।देश को सेवा होईन काठमम्दुमा ४ आन जग्गा र भुइतल्ले घर को १० पुस्ता देखिको सपना पुरा गर्छन । । ।मात्र तेत्ती सपनको लागि लोक सेवा लद्छन । । ।ल भन्नुस सदिउ देखी भासिक फैदा लिएर लोक सेवा लद्ने ५१ % ले आरछ्यन पए कि औरुको भाषा मा लोक सेवा लद्ने जनजती सपुत हरुले । । ।एक पुर्या बिस्कुत्मा ५१% मै खान्छु बाकी जनजाति, मुस्लिम्, महिल, दलित्, आदिबसि, थारु, राउते, धर्ती पुत्र सबै मिलेर खाउ भन्ने निती बिभेद्कारी नभए के ? तसर्थ हामी बाहुन हरु नेपाल र समुदाएमा धृना को पात्र भाई अरु बाट एक्लिन्दै गएको मा स्वर्थी राजनीतिज्ञ हरु नै दोशी छन । । ।
एलिशा जी, ब्राम्हण कुनै जात विशेष होइन, त्यों त उत्तम कर्मले हने हो । उत्तम सोच र सत्यको सुरक्षा गर्ने पुरुष वा महिला हो ब्राम्हण । ती २१ जना राजदुतहरुको नियुक्तिको लागि निर्णय गर्नेहरु र त्यसको साथ दिनेहरु क्षुद्र मानसिकता भएका का शुद्र भनिनेहरुभन्दा पनि नीच हुन् र त्यस्ता अत्याचारीहरुको चंगुलबाट मधेशका अादिवासी, जनजाति, दलित, अल्पसंख्यक, महिला लगायतका मधेशीहरु का साथ साथै पहाड हिमालका शोषित पीडितहरुले मुक्ति पाउनै पर्छ । यस महान् स्वतन्त्रताको अभियानमा तपाईं जस्ता बुलन्द र निष्ठावान सोच र विचार भएकी महिलाहरुको आवश्यकता छ । हामी तपाईं र तपाईको अोजस्व भावनालाई स्वागत गर्ने चाहन्छौं ।
तथ्यपरक लेख छ अलिसा कोईराला ज्यु को, धेरै राम्रो लाग्यो ।
म सहमत छैन…अलिशा संग किन कि म बाहुन हु..र मलाई कुनै गर्व छैन बाहुन हुनु मा. यो भनेको राजनीति हो अरु केहि होइन ..दुख लग्यो मलाई फेरी यो सब्द सुन्दा नेपाल भन्दा बाहिर बस्दा नेपाली भनेर अपहेलित हुनु पर्छ, तराईम बसे सोसक पहाडी भनेर, अब हुदा हुदा बाहुन वनेर नि अपहेलित हुने मौका आयो.जुन बाहुन जति सुकै ठुलो पद म भए पनि हामी गरिबले के पाएका छौ र? तपाईले यो सोच्नुस वोर्ल्ड म दुइ वोटा जात छन् त्यो हो धनि र गरिब..येदि बाहुन भएर ठुलो पद मिल्ने भए खाडी मुलुक मा गएर बाहुन छेत्री दिन दिने मर्ने थिएन् होला..यो मेरो सोच हो कसैलाई दुख लागे माफी पाउ धन्यवाद..
Alisa,
I am proud of you as a Nepali. Finally, there is someone who feels it like it is and also who tells it like it is. Yes, we do have many issues and problems among ourselves. However, the first step in the direction of resolution is to accept the problems.
A great majority of Bahun-Chhetri have been in the front line of ruling this country for a long time. The country is going nowhere. Instead, it is going backwards in compared to the time we are living in. We have the most incompetent government now and before. Barring a very few, most of the Bahun Chhetris (be it a journalist, intellectuals or those in the seat of power) are so busy in taking the privileges of government jobs and appointments, they do not take a step back and think that there are OTHERS also in this country who are also equally called Nepalis.
You are one of the very few. A young person like you is the future of our country. More power to you Alisa.
एलिशा जि, अन्यथा नलिनुहोला। स्वतन्त्र बहसका लागि सतहिरुपमा तपाईको बिचार उल्लेख्य छ तर भित्री अभिस्ट चाहिँ सस्तो लोकपृयताका लागि समाज भाड्ने नै हो भन्ने प्रस्ट देखिन्छ। लौ सामानता नै गरौ हामी सबै समानताकै पक्षपाती हौ। म आमा बन्न चाहान्छु के मलाई गर्भबती गराई दिनुहुन्छ? यो कुरा कसले कसरी बुझ्छ उसैको मर्जी।
Add your comment
I appreciate your views…..keep it up
Manche koi ramro huncha koi naramro yesma kina bahun ra sahun Bhannu Paryo ……yo jatibadi Soch nai pariwartan hunu parcha ……..:…..manche ramro naramro bhanya thik cha Tara jati ko aadma sabai lai muchera jatiya sadbhab bigarne …..? Tapai lai rajdoot hune aas thio hola paunu bhayena hola ham lai ta aas pani chaina……
केही साथीहरुले भन्ने गर्थे, नेपालमा कुनै विभेद छैन, सबैलाई समान अवसर दिएको छ, म ती साथीहरुलाई आग्रह गर्दछु एकचोटी सबैले नियुक्ती भएको २१ जना राजदुतको योग्यता निरिक्षण गर्नु होला । नियुक्ति गर्ने शैली बुझ्नुहोस् अनी आफै थाहा पाउनुहुन्छ कि नेपालमा भेदभाव र विभेद छ कि छैन ?
truth analysis
Yo desh ma ba hu na nai chahinchha. Aruko bharosa chhaina…
हाम्रो मर्म बुझेर बोलिदिनु भएकोमा धन्यवाद छ बहिनी ।