
अमरेन्द्र कुमार यादव, धनुषा ८ बैशाख । आउँदो पौष १५ भित्रमा क्षिरेश्वरनाथ नगरपालिकालाई खुल्ला दिशामुक्त गर्ने अठोटका साथ नगरपालिकाले बुधबारदेखि अभियान शुरु गरेको छ ।
खुल्ला दिसामुक्त अभियान अन्तर्गत प्रथम चरणमा नगरपालिकाको हरिहरपुरस्थित औरही नदीको किनारमा रहेको नयाँ बजारमा शौचालयको शिलन्यास गरिएको हो । एक समारोहका बीच नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादवले सो सार्बजनिक शौचालयको सिलान्यास गरेका छन् ।
व्यवस्थित शौच गर्न तथा खुल्ला दिशामुक्त अभियानमा सहयोग गर्ने उदेश्यका साथ बजारलाई पुर्ण सरसफाई गरी वातावरण मैत्री बनाउन शौचालय निर्माण गरिएको अधिकृत यादवले बताए ।
जिल्लाको ब्यापारीक केन्द्ररुपमा परिणत भईरहेको अवस्थामा सरसफाईमा पनि चुनौती थपिदै गईरहेकोले बजार भर्न आएकाहरुलाई शौच गर्नका लागी सहज हुने विश्वास गरिएको छ ।
२५ लाख ७० हजार रुपैयाको लागतमा निर्माण हुन लागेको सो शौचालयमा युरिनल, महिला र पुरुष, को छुट्टा–छुट्टै मार्बलसहितको ६ कोठा र युरिनलको लागि ४–४ गरि जम्मा ८ वटा रहने नपाका ईन्जिनियर दिपक यादवले बताए । साथै शौचालयको रेखदेखको लागि बस्ने गार्डको लागि पनि एउटा कोठा रहने उनले बताए ।
कार्यक्रममा स्थानियबासी, समाजसेवी, युवा, राजनितिकर्मी लगायतको व्यक्तिहरुको सहभागिता रहेको थियो ।




Congratulation Mr Yadav ,
I wish other municipality and VDC follows him implementing this environmental health programme at community level.