Rijwan_ansari
हुलाकी न्यूज, गौर ८ बैशाख । मुस्लिम अगुवा नेता रिजवान अन्सारीको नेतृत्वमा संघीय नवबिचार समूहले विभिन्न कार्यक्रमहरु गर्दैछ । हाल मधेशका जिल्लाहरुमा समूहले अन्तरक्रिया गरिरहेको अन्सारीले हुलाकी न्यूजलाई बताए ।

पश्चिमबाट सुरु भएको अन्तरक्रिया मंगलबार रौतहट जिल्लामा भएको छ । रौतहटमा भएको अन्तरक्रियामा नेता अन्सारीले मधेशी मोर्चा धेरै ठाउँमा चुकेको बताएका छन् ।

उनले मोर्चाको नेतृत्वमा दुरदर्शी सोच नभई व्यक्तिवादी चिन्तन हावी भएको दाबी गरे ।

बिगत सात महिनादेखिको मधेश आन्दोलन बिना उपलब्धी तुहाएको मोर्चाले मोर्चाको महत्व सकिदै गएको उनले दाबी गरे । उनले मधेशमा अर्को ड्राईभरको आवश्यकता रहेको औल्याए ।

अन्सारीले मधेशका जिल्लाहरुमा अन्तरक्रिया सकेर संघीय नवविचार समूहलाई पार्टीको रुप दिदैछन् ।

मधेशमा नयाँ पार्टी गठन हुँदै

1 COMMENT

  1. मुस्लिम लिडर मात्र ना भएर रिजवान अंसारी मधेश का सच्चा पहरेदार हुन ,, रिजवान अंसारी को नेतृत्व ले आउने दीन मा सबै उत्पिडीत वर्ग मधेशी जनजाति आदिवासी मुस्लिम थारू महिला दलीत जनता का इमान्दार सच्चा पहरेदार साबित हुनेछन
    मधेश लाई आफनो स्वार्थ सिद्धी को लागि कर्म भुमी मानिने नेताहरू ले बुझनू पर्दछ मधेश का शहीद हरूका सपना पुरा गराउन ईमानदार भएर लाग्नुपर्दछ धोखागर्ने हरू बाट मधेशी जनता होसियार हुनूपर्दछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.