हुलाकी न्यूज, काठमाडौं, २७ भदौ । अमेरिकाको टेक्सासस्थित मधेशी समुदायले जारी मधेश आन्दोलनमा समर्थन जनाउँदै राज्य आतंक र प्रहरी दमन बन्द गर्न माग गरेका छन् । उनीहरुले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका मधेशीहरुलाई श्रद्धाञ्जली दिँदै मैनबत्ती प्रज्वलन गरेका छन् ।
टेक्सासनिवासी मधेशीहरुले संविधानमा मधेशीलगायतका पछाडि पारिएका समुदायसित गरिएको विभेदप्रति ध्यानाकर्षण भएको भन्दै शान्तिपूर्ण आन्दोलन र विरोध गर्न पाउने अधिकार हनन नगर्न राज्यसँग अपिल गरेका छन् ।
नेपालमा अधिकारको लागि भइरहेको लडाईमा पूर्ण समर्थन रहेको जनाउँदै उनीहरुले संसारभरका मधेशीलाई एकजुट हुन र मधेश आन्दोलनमा समर्थन जनाउन आग्रह गरेका छन् ।






Follow The Money http://demrepubnepal.blogspot.com/2015/09/follow-money.html