Kapilbastu_aagnipidit
हुलाकी न्यूज, तौलिहवा ७ बैशाख । मधेशका अग्निपीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर हुँदा पनि सरकारले अहिलेसम्म कुनै राहत प्रदान गरेको छैन ।

तर मधेशी संघ–संस्था तथा युवाहरुले मधेशका अग्निपीडितहरुलाई निरन्तर राहत प्रदान गर्दैछन् ।

मंगलबार कपिलबस्तुका अग्निपीडितहरुलाई एक दर्जन मधेशी संघ–संस्था तथा व्यक्तिहरुको सहयोगमा राहत प्रदान गरिएको छ ।

युवा समाजसेवी सरोज राय र कोशिश टिमको संयुक्त पहलमा कपिलवस्तु कुशाहवाका ४२ अग्निपिडीत परिवारहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

कपिलबस्तुका सांसद अभिषेक प्रताप शाहसहित स्थानीय बुद्धिजिविको उपस्थितिमा राहत प्रदान गरिएको छ ।

राहतका लागि सहयोगी संस्थाहरु मधेश मानव अधिकार, अमेरिका, एशोसिएशन अफ नेप्लीज् तराईयन इन अमेरिका (एन्टा), मधेश रिलिफ फण्ड(एमआरएफ), हेल्प मधेश, मधेशी नागरिक समाज दोहा कतार, टिएफएन, डीएफडव्लु र सफा चौरासी व्यवंजन रेष्टुरेन्ट काठमाडौं रहेका छन् ।

वितरणका लागि सांसद शाहले सहयोग गरे भने औषधिका लागि संतोसी साहले सहयोग गरेका छन् ।

यसैगरी कोशिश टिमको भैहरवा मेडिकल कालेजका विद्यार्थीहरूले राहत वितरण कार्यक्रममा सहयोग गरेका थिए ।

राहत वितरणका लागि काठमाडौंबाट सरोज राय, रियाज साफी पुगेका छन् ।

मंगलबार वितरण गरिएका सामाग्रीहरु

1. चामल (२५ र ३० केजी- ४८ बोरा, कोशिशबाट)
2. फोल्डिंग खाट- (४२ थान, MRF बाट)
3. सोलर लैम्प (४५ थान, ANTA बाट)
4. चादर (४४ थान, हेल्प मधेश बाट)
5. सुप्पा (९९००/- मधुरबाट)
6. साबुन
7. कपडा
8. स्कुल पढ्ने विधार्थीलाई यूनिफ़ॉर्मको लागी रू ५००/- नगद (११५००/- DFW बाट)
9. ढुवानी र अन्य खर्च (नगद ३०,०००/- मधुर र सानोपाईला बाट)

Kapilbastu_agnipidit Kapilbastu-agnipidit-2

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.