Sanghiya_gathabandhan
हुलाकी न्यूज, काठमाडौं ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २५ दलिय संघीय गठबन्धनले ७५ वटै जिल्लामा एकै साथ आन्दोलन गर्ने तयारी गरेको छ ।

मंगलबार काठमाडौंस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको गठबन्धनको बैठकमा ७५ वटै जिल्लाबाट आन्दोलनको थालनीका लागि तयारी भएको नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी सदभावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवका अनुसार मंगलबारको बैठकमा सोमबार भएको बृहत अन्तरक्रियाको बारेमा समिक्षा भएको छभने भावी आन्दोलनका बारे छलफल भएको छ ।

उनका अनुसार बुधबार आन्दोनलका कार्यक्रमहरु सार्वजनिक गरिनेछ ।

यादवले भने,‘आजको बैठकमा अधिकांश नेताहरुले ७५ वटै जिल्लामा आन्दोलनको तयारी भइरहेको जनाउँदै काठमाडौंलाई मुख्य केन्द्र बनाउने धारणा राखेका छन् । आन्दोलनको ठोस कार्यक्रम बुधबार दिउँसो ११ बजेबाट सुरु हुने बैठकले सार्वजनिक गर्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.