
हुलाकी न्यूज, विराटनगर ६ बैशाख । मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारहरुलाई भेट्न एक जना मानव अधिकारकर्मी साईकल यात्रामा निस्केका छन् ।
मधेश आन्दोलनको सुक्ष्म अध्ययन गरिरहेका तराई मानव अधिकार रक्षक सञ्जाल(थर्ड एलायन्स)का सिबेन्द्र दास साईकल यात्रामा निस्केका हुन् ।
मधेश अन्दोलनका क्रममा प्रहरीद्वारा मारिएका पीडित परिवारहरुलाई भेट्न उनी सोमबारबाट साईकल यात्रामा निस्केका छन् ।
उनलाई अधिवक्ता दिपेन्द्र झाले मोरङ्गबाट विदाई गरेका छन् ।
मेचीदेखि महाकालीसम्मका मधेशी–थारु सहिद परिवारलाई भेट्न र उनीहरुकै घरमा रात बिताउन तथा अनुसंधान गर्ने उद्देश्यले उनी साईकल यात्रामा निस्केका हुन् ।
उनले सोमबार मोरंगको बडङ्गा वार्ड दुईका सहिद महादेव रÞीषिदेवको घरबाट यात्रा थालेका छन् ।



