
अफरोज मंसुर, काठमाडौं ५ बैशाख । मधेशवादी पार्टीहरुले मधेशको माग पुरा गराउन नसक्ने भन्दै नयाँ पार्टी गठन हुने भएको छ ।
एमाले परित्याग गरी संघीय समाजवादी पार्टीका पूर्व उपाध्यक्ष एवं संघीय समाजवादी फोरम नेपालका पूर्व नेता रिजवान अनसारीको नेतृत्वमा नयाँ पार्टी गठन हुँदैछ ।
संघीय नव बिचार समूहको रुपमा मधेशका जिल्लाहरुमा सक्रिय भईरहेको उक्त समूहले केही दिनभित्रै पार्टीको रुप लिने नेता अन्सारीले हुलाकी न्यूजलाई बताए ।
यता शनिबार नेपालगंजमा मधेशी, मुस्लिम, थारु, दलित, आदिवासी–जनजाति र पिछडिएको समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान अवस्था र आन्दोलन बारे अन्तरक्रिया गर्दै उक्त समूहले केही दिनभित्रै पार्टीको रुपमा परिनत हुने जनाए ।
कार्यक्रममा बोल्दै समुहका नेता राज कुमार यादवले समूह अब छिटै पार्टीको रुप लिने दाबी गरे । वर्तमान पार्टीहरु जनताको चाहना पूरा गर्न नसकेको भन्दै समूह पार्टीको रुप लिएर जनताको असली पहरेदार भएर काम गर्ने बिश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समुहका राष्ट्रिय संयोजक रिजवान अंसारीले अधिकारको लडाइँ लडदा आन्दोलनकारीलाई शत्रुको ब्यवहार गरेको, भुकम्पपीडित जनतालाई पुनर्निर्माण सम्बन्धी राहत दिन नसकेको भन्दै जनता प्रती जवाफदेहि बन्न सरकारलाई आग्रह गरे ।
अन्सारीले नेपाल एक बहुजातीय, बहुराष्ट्रिय, बहुभाषिक, बहुसांंस्कृतिक र बहुधार्मिक मुलुक भएको बताउदै राज्यले मुस्लिम, आदिवासी–जनजाति, मधेशी, दलित, थारु, महिला, पिछडा वर्ग, खस समुदायलगायत सवै जातजाति, भाषाभाषी, धर्म संस्कृकिो सम्मान गर्नुको सट्टा उनीहरुहरुमाथि राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक अन्याय र उत्पीडन गर्दै आइरहेको हो आरोप लगाए । उत्पीडनमा परेकाहरुलाई मुक्ति दिलाउनमा सक्रिया भूमिका निर्वाह गर्न अपिल गरे ।
अधिकारको लडाइँमा मधेशवादी दलहरु बिचलित भएको आरोप लगाउदै संघिय नवविचार समुह पार्टीको रुप लिए पछि मधेसको सबै भन्दा ठूलो पार्टी बन्ने दाबी गरे । कार्यक्रममा समुहका केन्द्रीय सदस्य कलामोद्दिन मदनी, अनवर अंसारी ,जडिबुटी संघका केन्द्रिय सदस्य सकिल अंसारी, समाजसेवी रहमान मियाँ, अन्तर मधेशी पार्टीका संयोजक हसन खान, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष महमुद हसन, समाजवादी फोरमका जिल्ला अध्यक्ष फिरोज हल्वाई लगायत सयौको उपस्थिति रहेको थियो ।
नेपालगंजमा भएको अन्तरक्रिया कार्यक्रम पश्चात ११ सदस्य संघीय नव बिचार समूह् नेपाल बाँके गठन गरिएको छ । समूह बाँकेको संयोजकमा जमील हल्वाई, सह संयोजक, राम लखन यादव, सचिव मोहम्मद रहिस हल्वाई, सह सचिव कासीम सिद्धिकि, कोषाध्यक्ष लक्ष्मी भण्डारी, सदस्यहरुमा क्रमशःमुन्ताज शेख, बिश्रम रैदाश, मो.सरीक सल्मानी, नईम राईन सल्लाहकारमा शक्ति कुमार बंशकार उर्फ अब्दुल कबि रहनु भएको छ भने प्रबक्तामा मेराज अहमद हिमालयलाई चयन गरिएको छ ।




थारू नेतृत्व लाई थारू पार्टी भनिएन यादव नेतृत्व पार्टी लाई यादव पार्टी भनिएन महतो झा राय गुप्ता लगायत का नेतृत्व गर्ने वर्ग को पार्टी लाई जात को आधार मा पार्टी भनिएन तर मुस्लिम नेतृत्व को तथा अन्य समुदाय को बहुसंख्यक उपस्थिति रहेको केन्द्रीय नेतृत्व मा को पार्टी लाई अन्य समुदाय इमान्दार हुने सत्य को वकालत गर्ने सबको आफनो महसुस हुने पार्टी लाई मुस्लिम मात्र को पार्टी भनेर दुशप्रचार गर्नु र यो समूह लाई एक समुदाय को पार्टी भनि सबै समुदाय को अपमान गर्नु सरह हो
गलत ढंग ले मधेशी लगायत का जनता को हक अधिकार तथा शहीद को सपना संग खेल्वाड गर्ने नेतृत्व संग जनता आजित भएकाछन मधेशी लगायत उत्पिडन मा रहेका जनता बिकल्प को खोजी मा रहेकाछन यो समुह त्यस को परिणाम हो सबै धोखा पाए का वर्ग समुदाय का जनता को एक मात्र स्वच्छ इमान्दार समुह पार्टी बनि सबै को आफनो आवाज़ बन्ने यो पार्टी गठन हुनेछ