
हुलाकी न्यूज, काठमाडौं ४ बैशाख । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधान मन्त्री विजय कुमार गच्छदारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौति दिएका छन् ।
अध्यक्ष गच्छदारले मधेशी मोर्चाद्वारा गरिएको आन्दोलनमा ६० जनाभन्दा अधिक सहिद भएको र उपलब्धी पनि हाँसिल नभएको बताउँदै भने,‘मधेशी मोर्चाले प्रष्ट रुपमा भन्नु प¥यो यो संविधान मान्दैनौं । संविधान अनुसार प्रधानमन्त्रीको चुनावमा पनि भाग लिने अनी संविधानको विरोध पनि गर्ने ?’
अध्यक्ष गच्छदारले वार्ताको माध्यमले समस्या समाधान गर्नु पर्ने बताउँदै वार्तामा आउन मोर्चाका नेताहरुलाई आग्रह गरे । उनले वार्तामा नआए संविधान खारेज गरेर देखाउनसमेत मोर्चालाई चुनौति दिए ।
शनिबार फोरम लोकतान्त्रिकको पार्टी कार्यालयमा पार्टीको प्रथम महाधिबेशनको जानकारीका लागि गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले आफु सरकारमा सहभागी हुँदा भएको ८ बुँदे सहमतिको अधिकांश माग पुरा भएको दाबी गरे ।
गच्छदारले समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र जस्ता माग पुरा भएको दाबी गरे ।
उनले मृतकलाई क्षतिपुर्ति र घाइतेको उपचार पनि भएको बताउँदै आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्ने काम भइरहेको बताए ।
सीमांकनको सवालमा गच्छदारले भने,‘कसैले एक मधेश एक प्रदेश चाहन्छ भने त्यसलाई पनि शुभकामना छ । तर मेरो मान्यता मधेशमा दुई प्रदेश हो । दुई प्रदेश नभए तीन प्रदेशले मधेशलाई समेट्न सक्छ ।’
फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशन बैशाख २०, २१ र २२ गते विराटनगरमा हुने भएको छ ।




afno boli ko thegan nabheko neta pani ke neta, chhi
गच्छेदार नेपाल के तेरो बाउको हो ? दलाल नेता पैसाको लागि आफ्नो ईज्जत पनि बेच्ने
kam garne kalu makai khane bhalu, kura garcha