sanjay_sahहुलाकी न्यूज, जनकपुरधाम ४ बैशाख । सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं धनुषा क्षेत्र नम्बर चारका निर्वाचित साँसद संजय साह विगत १३ दिनदेखि प्रहरी हिरासतभित्र आमरण अनसनमा बसेका छन् ।

१३ दिनदेखि आमरण अनसनमा बस्दा उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ ।

नेता साहका भाई डा.रामकुमार साहले स्वास्थ्य अवस्था विग्रिदै गएको जानकारी बारम्बार धनुषाका सीडीयोलाई राएपनि सीडीयोले पहल नगरेको सुनोसो गरे ।

हुलाकी न्यूजसँग डा.साहले भने,‘दाईको स्वास्थ्य अवस्था चिन्ताजनक भइसकेको छ । उहाँको उपचारका लागि मेडिकल टिमको माग गर्दा पनि सीडीयो साहाबले सुन्नु भाको छैन । सीडीयो साहाबले आलटाल गर्दै हुनु हुन्छ ।’

यता श्रीमान्को समर्थनमा आमरण अनसनमा बसेकी संजय साहकी श्रीमति रंगिला साहको स्वास्थ्य अवस्था पनि विग्रिदै गएको छ ।

प्रहरीले आफुमाथि लगाएको आरोपहरुमाथि न्यायिक छानविनको माग गर्दै नेता साह आमरण अनसनमा बसेका छन् ।

संजय साहकी श्रीमति पनि आमरण अनसनमा, प्रहरीद्वारा हस्तक्षेप

संजय साहको स्वास्थ्य अवस्था विग्रिदै, परिवारद्वारा पनि अनसन सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.