Tharu-Neta-2072

थारु समुदायको लागि २०७२ साल आन्दोलनमै बित्योभन्दा फरक पर्दैन। नयाँ संविधान घोषणा मिति सार्वजनिक भएसँगै थारु समुदाय साउन महिनादेखि आन्दोलनमा होम्मिए। किरब सय दिन राम्रैसँग आन्दोलनमा होम्मिएका थारुहरु एकाएक सेलाए। राजनीतिक किचलो र नेतृत्वको कमीले थारु आन्दोलन अहिले अस्तित्वमा छैन। २०७२ विभिन्न थारु राजनीतिज्ञहरु चर्चामा आए। कोही राम्रो कामका लागि चर्चा बटुले भने कोही नराम्रा कामका लागि चर्चामा रहे। आउनुस् दस नेताहरुबारे जानौं, जो गत वर्ष चर्चामा रहे।

resam

१ रेशम चौधरी
रेशम चौधरी नाम नसुन्ने प्रायः कमै होला। थारु आन्दोलनको टीकापुर संयोजक रेशमको नाम भदौ ७ गतेको घटनापछि एकाएक एकानदुकान मैदान भयो। सात जना प्रहरी र एक बालकको ज्यान गएको उक्त घटनापछि उनी प्रहरीको मस्ट वान्टेडमा परे। उनले उक्त घटना घटाएर सोझा थारुहरुलाई फसाउने काम भएको आरोपसमेत लगाए। प्रहरीभन्दा पनि अखण्डे पक्षधरबाट ‘थ्रेट’ महसुस गरेका उनी भारतमा बस्दै आएका छन्।

Dhaniram Chaudhary

२ धनिराम चौधरी
धनिराम चौधरी पनि धेरै कारणले चर्चामा रहे। थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका धनिराम टीकापुर घटनापछि चर्चामा रहे। सरकारी कर्मचारीले आन्दोलनको नेतृत्व गरेको भन्दै उनको चर्को आलोचना भयो। तत्काली प्रशासनमन्त्री लालबाबु पण्डितले उनलाई बर्खास्त गर्नेसमेत बताएका थिए। उनी अहिले पनि गुम्नाम छन्

Bijay Gachhadar

३ विजय गच्छदार
मेनस्ट्रिम राजनीतिमा फरक भूमिका प्रस्तुत गरेका विजय गच्छदार पनि चर्चामा रहे। तीनतिर फर्किएका प्रमुख तीन दलका मुखियालाई एकै ठाउँमा उभ्याएर छ बुँदे सहमति गराएपछि उनको चर्चमा बढेको थियो। तर केपी शर्मा ओलीको सरकारमा आन्दोलन गरिरहेकै बेला सहभागी भएर आलोचनासमे खेपे। तर मिडियामा थारु आन्दोलन र थारु समुदायको हकअधिकारबारेउनले अभिव्यक्ति दिइरहे।

गोपाल दहित, वरिष्ठ नेता, थरुहट तराई पार्टी नेपाल

४ गोपाल दहित
थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहित पनि गत वर्षा चर्चामा रहे। नयाँ संविधानमा हस्ताक्षर नगरेका दहित संविधानसभाको विभिन्न समितिमा थारु हकअधिकारको आवाज उठाएर चर्चामा रहे। उनको पार्टीले संविधानसभा बैठक बहिस्कार गर्नुका साथै रोस्टम घेराउसमेत गरेको थियो।

Surendra Chaudhary

५ सुरेन्द्र चौधरी
पर्साबाट प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरी पनि गत वर्ष चर्चामा रहे। पार्टीभित्रै फरक मत लिएर उनी चर्चामा रहे। थारु मधेसीको माग नयाँ संविधानमा पूरा नभएको भन्दै उनले युरोपियन युनियनलगायत दूतावासहरुलाई चिठी लेखेर पनि उनले चर्चामा आए। अन्त्यमा उनले पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएर हिँडे। उनको राजीनामा भने पार्टीले स्वीकृत गरेको छैन।

Laxman tharu

६ लक्ष्मण थारु
थारु नेता एवं फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारु पनि गत वर्ष चर्चामा रहे। आन्दोलनका बेला विभिन्न अभिव्यक्ति दिएर चर्चामा आइरहने उनी टीकापुर घटना आक्रोशको उपज भएको बताएका थिए। त्यही कारण उनलाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेर धनगढी पुर्याशएको थियो। जेल डायरीसमेत लेख्न भ्याएका लक्ष्म चौधरी अहिले केन्द्रीय कारागार सुनधारामा छन्।

Tejulal Chaudhary

७ तेजुलाल चौधरी

नेपाली कांग्रेसको सप्तरी क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचित सांसद तेजुलाल चौधरी पनि चर्चामा रहे। नाइटिङ्गेल फाउन्डेशनका अध्यक्षसमेत रहेका उनले थारुको अधिकार र थरुहट प्राप्तीका लागि फ्रन्टमा रहे। उनले मधेसी र थारु सांसदहरुलाई एकठा गरेरतराई क्षेत्रलाई पहाडसँग मिसाउन नहुने भन्दै पार्टी र राजनीतिक सम्वाद समितिलाई ज्ञापन पत्र बुझाएका थिए। उनी हालसालै पार्टीको संसदीय कार्यसमितिमा प्रदेश नम्बर दुईबाट पराजित भएका थिए।

Mahabir Chaudhary

८ महावीर चौधरी
अमेरिकाबाट आन्दोलनमा होम्मिएका महावीर चौधरी पनि गत वर्ष चर्चामा रहे। थारु युवाहरुको दस्ता गठन गरेर आन्दोलनमा होम्मिएका उनी २० हजार युवालाई राजधानीमा उतार्ने बताएका थिए। उनले देशविदेशमा बसेका आमजनतासँग एक ब्यक्ति एक रुपैयाँ अभियानसमेत चलाए। उनकै नेतृत्वमा हालसालै टीकापुर घटनाबारे अनुसन्धान पनि गरिएको छ। त्यसको रिपोर्ट भने सार्वजनिक भएको छैन।

र अन्त्यमा,

Amanlal Modi And Ganga Tharu

९,१० गंगा थारु र अमनलाल मोदी
यी दुई नेता भने राम्रो कामभन्दा पनि हर्कतका कारण चर्चमा रहे। संविधानसभामा भएको तोडफोडमा यु दई सांसद सक्रिय भूमिका निर्वाह गरे। एमाओवादीका तर्फबाट समानुपातिक सभासद बनेका अमनलाल मोदीका कुर्सी तोडफोड गरेका तस्बिर मिडियामा छायो। यता थरुहट तराई पार्टी नेपालका सांसद गंगा थारुले पुरुष मर्यादापालकलाई लातीले हानेको भन्दै चर्को आलोचना खेपे। यी दुबैका तस्बिर मिडियाभरि छाएको थियो। समाजिक सञ्जाल फेसबुक ट्विटरमा यी दुबैको चर्को आलोचनासमेत भएको थियो।

साभार थारुवानबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.