
परशुराम यादव
पहिलो विश्वयुद्धमा जर्मनी माथि गरिएको अपमानले कलाकार मन भएका एडोल्फ हिटलरलाई फासीवादी नेता बन्यो । जसको कारणले लाखौं यहुदीहरूको संहार भयो र दोस्रो विश्व युद्ध पनि भयो । कवी मन भएका अन्तर्राष्ट्रिय आतंकवादी ओसामा बिन लादेनसँग अमेरिकाले तेस्रो विश्वयुद्ध स्तरकै लडाई लड्नु प¥यो ।
नेपालमा भएको भारतीय सिने कलाकार ऋतिक रोशन काण्डमा हल्लाकै भरमा राष्ट्रवादी मसाल लिएर मधेशीहरूलाई पनि इण्डियन भन्दै गरेको हमला र इराकका विद्रोहीद्वारा नेपाली मारिएको झोँकमा मधेशी र मुस्लिमहरूलाई राष्ट्रवादी आक्रमणको निशानाले डा.सीके राउतलाई नेपालीबाट मधेशी बनायो । संसारमा जन्मेका यस्ता बिद्रोहीहरूको मनका बेदना, विचारलाई बुझ्ने प्रयास गरिएन जसका परिणाम स्वरूप लाखौंलाख जीउधनको क्षति भयो ।
यसलाई सुल्झाउन माधव नेपाल शैलीमा “तिमीलाई लिट्टे बनाईदिन्छौ, श्रीलंकाका प्रभाकरणलाई जस्तै सखाप पारिदिन्छौं” मात्र भन्न जाने हाम्रा नेताहरू । तर लिट्टे र लिट्टे नेता प्रभाकरण जन्मिनुको वास्तविक कारणबारे सोच्ने फुर्सद भएन । नेपालको वास्तविक समस्या समाधानमा ध्यान नदिई पृथकतावादी नेताको रूपमा देखिएका डा. सीके राउतलाई कार्यवाही गर्ने गराउने कार्यमा खोक्रो राष्ट्रवादको खोल ओढेका राष्ट्रवादीहरूले समस्याको समाधन गर्न प्रहरी इन्काउन्टरसम्मका धाक लगाएका छन् ।
सबैजसोले उनीसँगै भारत र अमेरिकालाई समेत जोडेर हेर्ने गरेकोले शताब्दिऔंदेखि भएको मित्रको सम्बन्धमा पनि गाठो परिसकेको अवस्था छ । नेपालमा पहाड र तराईबीच, केन्द्रमा रहेको काठमाडौं र मोफसलमा रहेको मधेशबीच, पहाडका कुलीन र अन्य क्षेत्रका जनता बिचको अन्तर्विरोधको जरा निकै गहिरो र व्यापक भएको कुरा अर्थशास्त्री डा.नन्द आर. श्रेष्ठदेखि भूगोलबिद् डा.पिताम्बर शर्मा, र समाजशास्त्री डा. चैतन्य मिश्रले स्वीकार गरिसकेका छन् ।
हाम्रो पहाडी दृष्टिकोणबारे श्रेष्ठको टिप्पणी छ, ‘पहाडी दृष्टिमा नेपालका केन्द्रीय अधिकारीहरूको मधेशीहरूको वफादारिता सधै शंकास्पद छ, किनभने मधेशीहरूबाट उनीहरूले आशा गरेजति बफादारिता पाउन सकेका छैनन् । डा.मिश्रको शब्दमा लामो समयदेखि पहाडको पृष्ठभागको समाजको रूपमा हेरिएको मधेशका भाषा र संस्कृतिलाई पहाडी आँखाले विभाजित मात्रै होइन सिमानासँग जोडिएका हुनाले भारतसँग भौगोलिक र प्रगाढ सम्बन्ध राख्ने देशद्रोहीकै रूपमा देख्ने देखाउने पनि भएको पाइन्छ ।’
यस्ता हेराई र व्यवहार कति खतरनाक हुन्छन् हामीले अनुमान समेत गर्न सकेका छैनौं, चाहे शाहकालमा होस् या गणतन्त्रमा । आफूलाई मात्रै नेपालबासी, राष्ट्रवादी र देशभक्त ठान्ने अनि सबै कालालाई धोती, भैया, मधिसे, इण्डियन भन्दै रंगभेदी व्यवहारले सीके नजन्माए के जन्माउँछ ?
काठमाडौंमा ऋतिक रोशन काण्ड हुँदा उनी पुल्चोक क्याम्पसमा पढ्दै थिए । इराकमा विद्रोहीद्वारा नेपाली मारिएको झोकमा मधेशी र मुस्लिमहरू माथि आक्रमण हुँदा उनी जापानमा कम्प्युटर साइन्समा डिग्री हासिल गर्न जपान जाने क्रममा थिए । र संघीयताको मागमा भएको मधेश विद्रोहको क्रममा हाम्रो राज्यले देशको बिखण्डन गर्न खोजेको आरोपमा ५० जनाभन्दा बढी मधेशीको हत्या गर्दा उनी अमेरिकाको क्याम्ब्रिज युनिभर्सिटीबाट पीएचडी गरेर फर्केका थिए ।
यी सबै घटना देखेर नेपाली राज्य औपनिवेशिक चरित्रकै रहेको, मधेशमाथि त्यसको व्यवहार अझै उपनिवेशवादी शैलीकै रहेको, त्यस्ता चरित्र व्यवहारबाट मधेशीका हक अधिकरको माग सम्बोधन नहुने निष्कर्षसहित उनी पृथकतावादी अभियानमा लागेका हुन् । हुन त गणतन्त्र आइसकेपछि मेधेशीबाट राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्री जस्ता उच्च पदहरू पाईसकेका छन् ।
त्यसैलाई नजिर मानेर अहिले सत्ताधारी पक्षहरूले जनतालाई गुमराहमा पर्ने प्रयास गरेका छन् । तर यसबाट डा.राउत त के मधेशवादी दलहरू पनि स्वीकार गर्न सकिरहेका छैनन् । उनी यस्ता सांकेतिक र समारोही प्रतिनिधित्वबाट सन्तुष्ट नभएको र वास्तविक नेपाली नागरिकको दर्जा, सम्मान र प्रनिनिधित्व पाउन प्रयासरत रहेको हाम्रा शासकबर्ग बुझन सकेका छैनन् ।
डा. राउतको पृथकतावादी अभियानको वास्तविक धरातल नबुझि चलाउन खोजेको कानूनी डण्ड काम लाग्दैन । अव डा. राउतलाई स्कटिस जनताका नेता एलेक्स सालमण्ड बाउने कि तालिम जनताका अगुवा प्रभाकरण बनाउने हाम्रा नेताका हातमा छ । सरकारको हरेक कामको मूल्यांकन र देशद्रोही छुट्याउने काम जनताजनार्दनहरूले गर्ने नै छन् । यो विचार मधेशवाणीमा प्रकाशित छ ।




absolutely right..
Ma tape ko vanae bata 100% sahamat xau .
rastra nirmata
Hjr mero Aafno bichar Dr ck raut jasto Neta Nepal ma bhako Ati ramro ho tara k unko k Nepal Desh parti maya moh xa ki kebal tarai lai matra ho? Yo Ali ispast thaha bhayena !
tapai hami sabai lai tha x dekhdai ai raheka xau sarkarle kati ko daman grdai aako x ra ck raut ko man ma matra yo bichar xain bartman stithitima samgra madhesi ma x kewal prakat grn sakeka xainn