Student_forum1
हुलाकी न्यूज, काठमाडौं ३ चैत । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को भातृ संगठन मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक) र मिस नेपाल २०१६ का तीनै जना विजेताबीच सहकार्य हुने भएको छ ।

विहीबार साँझ विद्यार्थी फोरम लोकतान्त्रिकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी मिस नेपालका तीनै जना विजेताहरुले मधेशमा देखिएका दाईजो प्रथा लगायतका विकृतिहरुका विरुद्ध लड्न सहकार्य गर्ने बताएकी छन् ।

कार्यक्रममा सहभागी मिस नेपाल २०१६ अस्मि श्रेष्ठ, मिस नेपाल २०१६ वल्र्ड रोशनी खत्री र मिस नेपाल २०१६ इन्टरनेशनल वर्षा लेखीले संयुक्त रुपमा दाईजो प्रथा जस्ता विकृतिका विरुद्धको अभियानमा सहभागी हुने बताइन् ।

विद्यार्थी फोरमका अध्यक्ष कपिलेश्वर यादवले केही दिनभित्रै मधेशका जिल्लाहरुमा अभियान थालिने दाबी गरे । उनले सदभाव दुतका रुपमा मिस नेपालहरुलाई मधेशका जिल्लाहरुमा हुने अभियानमा सहभागी गराउने बताए ।

उक्त अवसरमा विद्यार्थी फोरमले उनीहरुलाई सम्मान पनि गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.