Madheshi-morcha-send-leader
हुलाकी न्युज, काठमाडौं ३ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अधिकारीक ट्रेड युनियनको चुनावमा नेपाल मधेशी निजामती कर्मचारी मञ्चलाई मतदान गर्न अपील गरेको छ ।

विहीबार बसेको मोर्चाको बैठकबाट बैशाख १० गते हुन लागेको चुनावमा मधेशी कर्मचारी मञ्चलाई मतदान गन्र अपील गरेको हो । मोर्चाले मधेशीहरुको आधिकारिक ट्रेड युनियन कर्मचारी मञ्च नै रहेको निष्कर्ष निकालेको छ ।

मोर्चाको बैठककै सुरुमा कर्मचारी मञ्चका तर्फबाट सचिव द्वय सुजित कुमार झा र शुभकान्त झाले टे«ड युनियनको चुनावमा सघाउन आग्रह गरेका थिए । उनीहरुले मोर्चाको एजेण्डा र कर्मचारी मञ्चको एजेण्डा समान रहेकोले मोर्चाले सघाउनु पर्ने बताएका थिए ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा मोर्चाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । यादवले मधेशी–आदिवासी–जनजाति कर्मचारीहरुले पनि सहयोग गर्ने बताए ।

उनले बैठक मार्फत नै जिल्ला–जिल्लामा रहेका समर्थक कर्मचारीहरुलाई मतदान गर्न अपील गरे । अध्यक्ष यादवले मोर्चाको तर्फबाट पहल सुरु भईसकेको बताए । त्यस्तै मोर्चाका अन्य घटक तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सदभावना पार्टी, नेपाल सदभावना पार्टी र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)ले पनि समर्थन गरेका छन् ।

Madheshi_Karmachari_manch

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.