Sanjay_sah_family
हुलाकी न्यूज, जनकपुरधाम २ चैत । सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं धनुषा क्षेत्र नम्बर चारबाट निर्वाचित सांसद संजय साहकी श्रीमति रंगिला साह पनि आमरण अनसनमा बसेकी छन् ।

नेता साह विगत १० दिनदेखि प्रहरी हिरासतमै आमरण अनसनमा रहेकोले स्वास्थ्य अवस्था विग्रिदै गएको छ । श्रीमान्को समर्थनमा बुधबारदेखि रिले अनसनमा बसेकी रंगिला साह विहीबारदेखि आमरण अनसनमा बसेकी छन् ।

यता आमरण अनसन बस्न जिल्ला प्रशासन कार्यालय पुगेकी साहसहितको परिवारमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषा अगाडिबाट साहको परिवारजनलाई बल प्रयोग गरी हटाइएको नेता साहका भाई डा.रामकुमार साहले हुलाकी न्यूजलाई बताए ।

उनले लोकतान्त्रमा आमरण अनसन गर्न दिने अधिकार पनि राज्यले खोसेको आरोप लगाए ।

साहकी श्रीमति अहिले जनक चौकमा आमरण अनसनमा बसेकी छन् । उनीहरुले नेता साहमाथि न्यायिक छानविन हुनु पर्नेसहितका माग राखी अनसनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.