हुलाकी न्यूज, काठमाडौं २ बैशाख । स्व.गजेन्द्र नारायण सिंहको ८७ औं जन्मजयन्तीको अवसरमा सदभावना पार्टीले अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
शुक्रबार दिउँसो २ बजे काठमाडौंमा ‘विभेद विरुद्धको संघर्षमा सदभावना’ विषयमा अन्तरक्रिया गर्ने पार्टीले जनाएको छ ।
सदभावनाका प्रवक्ता सन्तोष मेहताका अनुसार स्व.सिंहको जन्मजयन्ती र सदभावना पार्टीको २६ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया हुन लागेको हो ।
अन्तरक्रियामा बौद्धिक वर्गसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने मेहताले बताए ।



