Indian_embassy
हुलाकी न्यूज, काठमाडौं २ बैशाख । नेपालको संविधानमा सबै पक्ष समेटिएको हेर्न चाहेको भारतीय राजदुत रञ्जित रायले बताएका छन् ।

डा.भिमराव अम्बेडकरको १ सय २५ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा राजदुत रायले भने, ‘बाबा साहेब अम्बेडकरले जसरी भारतको संविधानमा सबै पक्षलाई समेटेर देखाए । त्यसरी नै यहाँको संविधानमा पनि सबै पक्ष समेटिएको हामी हेर्न चाहन्छौं ।’

काठमाडौंमा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानप्रति मधेशी–थारु असन्तुष्ट रहेकोले उनीहरुलाई पनि सहमतिमा ल्याउनु पर्ने बताए ।

सभापति देउवाले वार्ताको माध्यमले नै समस्याको समाधान हुने बताउँदै, ‘हामी समस्या समाधानका लागि वार्तामा बस्नु आवश्यक छ । मोर्चा पनि आन्दोलन छोडेर वार्तामा आउनु पर्छ ।’

बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र भारतीय कलचर सेन्टरले आयोजना गरेको उक्त कार्यक्रममा डा.अम्बेडकरका बारे चर्चा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.