Krishna_singh
हुलाकी न्यूज, काठमाडौं २ बैशाख । शान्तिपूर्ण आन्दोलन हुँदा सरकारले नसुनेको भन्दै पुनः नाकाबन्दी हुनु पर्ने तर्क तराई–मधेश युवा फ्रण्टका अध्यक्ष कृष्णा सिंहले गरेका छन् ।

अध्यक्ष सिंहले नाकाबन्दी भन्दा पहिले धेरै आन्दोलनकारीहरु मारिएको र नाकाबन्दी पछिको आन्दोलनमा मानवीय क्षति कम भएको बताएका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष सिंहले भने,‘मोर्चाले पछिल्लो समय नाकाबन्दी नगरी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भन्दैछ ।
काठमाडौं केन्द्रीत आन्दोलनले मधेशको माग पुरा होला जस्तो मलाई लाग्दैन । एउटा कुरामा ध्यान दिनुस् नाकाबन्दी भएको बेला मधेशीहरु धेरै मारिएको छैन । हामीले सडक आन्दोलन गरेको बेला मधेशीहरु धेरै मारिएको छ ।’

सिंहले भने,‘सडक आन्दोलनमा सरकारी दमन अधिक भएको छ । त्यसको प्रभाव परेको छैन । नाकाबन्दी थोरै दिन भएपनि त्यसको प्रभाव धेरै परेको छ । र मधेशीहरु धेरै मारिएको छैन ।’

आन्दोलनको सफलताको अन्तिम अस्त्र नाकाबन्दी नै रहेको बताउँदै सिंहले सिंहदरबार घेरेर उपलब्धी नहुने दाबी गरे ।

उनले अवको आन्दोलन युवा–विद्यार्थीले नेतृत्व गर्ने पनि बताए । मोर्चाका केही बृद्ध नेताहरुले आन्दोलन थेग्न नसक्ने भन्दै अवको नेतृत्व गाउँ स्तरबाट युवाहरुले लिनु पर्ने र त्यसका लागि युवा फ्रण्ट तयार रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.