
हुलाकी न्यूज, सुनसरी १ बैशाख । सुनसरीको भेक्राहाका आगलागी पीडितहरुलाई मधेशी संघ–संगठनहरुले राहत प्रदान गरेका छन् ।
आगलागीबाट सखाप भएको मुस्लमान बस्तीमा बुधबार अतिआवश्यक सामाग्रीहरु वितरण गरिएको छ ।
समाजिक संस्था कोशिशको अगुवाईमा मधेश रिलिफ फण्ड, एन्टा अमेरिका, सफा चौराशी व्यंजन रेष्टुरेन्ट, टिच फर नेपाल, विपिकोस्वावि प्रतिष्ठानले राहत प्रदान गरेको हो ।
कोशिशले जारी गरेको विज्ञप्ति
प्रेस बिज्ञप्ति
मिति: २०७३ साल बैशाख १ गते
आज मिति २०७३ साल बैशाख १ गते बुधवारको दिन सुनसरीको भोक्राहामा भएको आगलागीबाट घरबार लगायत सर्वस्व सम्पती गुमाएका मुसलमान बस्तीमा कोशिशको अगुवाई तथा ANTA (USA) ,Teach for Nepal, मधेश रिलिफ फन्ड , वि .पि .को .स्वा. वि . प्रतिष्ठान(BPKIHS) , सफा चौरासी ब्यन्जन (रेस्टुरेन्ट) को सहयोगमा राहत वितरण गरियो ।
राहतको विस्तृत विवरण यस प्रकार छन् ।
१. चामल – २१ बोरा (२५ के जी)
२. दाल – १ के .जी. प्रति परिवार
३. पिठो – ५ के .जी. प्रति परिवार
४. खाने तेल – १ लिटर प्रति परिवार
५. चिनी – १/२ के .जी. प्रति परिवार
६. विस्कुट – १२ पैकेट प्रति परिवार
७. चाउचाउ – १ काटुन प्रति परिवार
८. झुल – १ डबल size प्रति परिवार
९. टेन्ट – १ थान प्रति परिवार
१०. छाता – १ थान प्रति परिवार
११. तन्ना – १ थान प्रति परिवार
१२. गन्जी – १ थान प्रति परिवार
१३. लुङ्गी – १ थान प्रति परिवार
१४. साडी – १ थान प्रति परिवार
१५. Sack Bag – ५ थान
१६. लाइफबाई साबुन – ५ piece प्रति परिवार
१७. लुगाधुने साबुन – ५ piece प्रति परिवार
१८. कपडाको मैट्रेस – १० थान
१९. टेन्ट बाध्ने डोरी – ६ थान
२०. नुन – १ पैकेट प्रति परिवार
२१. कपडा पुरानो
२२. स्यानिटरी प्याड – ८ पिस प्रति परिवार
२३. मैनबती & सलाई (१२ पिस) प्रति परिवार
धरान स्थित KOSHISH को अगुवाइमा भएको यस कार्यक्रममा सहयोग पुर्याउने विभिन्न संघ- संस्था , दाताहरु , KOSHISH UG Chapter ,अभिषेक झा (USA,Middletown,Delware) लगायत लाई धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा यस्तै सहयोग र सहकार्यको अपेक्षा गर्दछौं ।
कोशिश कार्यक्रम संयोजक
मदन गुप्ता



