
हुलाकी न्यूज, काठमाडौं १ बैशाख । मधेशी ट्रेड युनियन महासंघको पहिलो महाधिवेशन सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सम्पन्न भएको महाधिवशेनले २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
महाधिवेशनबाट पुनः पल्टन ठाकुरकै अध्यक्षतामा नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्षमा मधुमाया यादव र महासचिवमा सिताराम ठाकुर रहेका छन् ।
महाधिवेशनबाट विधानमा संशोधन पनि गरिएको छ ।



