Dr.yadavहुलाकी न्यूज, काठमाडौं ३० चैत । मधेश देश भित्रै रहेकोले मधेशको समस्या तत्काल समाधान गर्नु पर्ने नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवले बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले नेपालको संविधान राम्रो रहेता पनि मधेश–थरुहट आन्दोलनमा रहेकोले उनीहरुको माग पुरा गर्नु पर्ने बताए ।

डा.यादवले भने,‘नयाँ संविधानको विरोधमा मधेश–थरुहट आन्दोलनमा छ । मधेश पनि देश भित्रै रहेकोले देशका प्रमुख राजनीतिक दलहरुले टेबलमा बसेर समस्याको समाधान गर्नु पर्छ ।’

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पपुलेशन मिडिया सेन्टर र एन्टेना फाउण्डेशन नेपालले संयुक्त रुपमा सुरु गर्न लागेको धारावहिक रेडियो नाटक ‘हिलकोर’ मैथिली र ‘मै सरी सुनाखरी’ नेपालीको उद्घाटन डा.यादवले गरेको हुन् । उक्त कार्यक्रममै डा.यादवले मधेशको समस्या तत्काल समाधान गर्नु पर्ने बताए ।

मधेशका दाईजो प्रथा, बालविवाह तथा अन्य समाजिक विभेदमा आधारित रहेर मैथिली धारावाहिक रेडियो नाटक हिलकोर बैशाख पाँच गतेदेखि रेडियो कान्तिपुर र स्थानीय एफएमहरुबाट प्रशारण हुन लागेको हो ।

मैथिली नाटक क्षेत्रका चर्चित रविन्द्र झाले सम्पादन गर्ने हिलकोरको कथाबस्तु स्नेहा झा, कञ्चना झा, प्रियंका झा र अनिता चौधरीले लेखेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.