Chhath_madhesh
हुलाकी न्यूज, काठमाडौं ३० चैत । मधेश–मिथिलाञ्चलमा मंगलबार चैती छठ मनाइदैछ । चैती छठको अवसरमा मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिदैछ । भोली बुधबार विहान उदाउँदो सूर्यको अर्घ दिइ पर्व सम्पन्न हुनेछ ।

विस्तारै चैते छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ । यस पर्वको व्यापक्ता मिथिलाञ्चल क्षेत्रसहित ग्रामिण क्षेत्रमा पनि बढ्न थालेको छ ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईने गरिएको छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर, केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ ।

पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।

अर्घमा मुला, उखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रातभरी ब्रतालुहरु जागरण बसी भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन हुने चलन रहेको छ ।

जनकपुरको स्थानीय एफएम मिथिलाञ्चलका अनुसार जनकपुरको गंगासागर, अंर्गजा पोखरी, धनुष सागरसहितका विभिन्न जलासयहरुमा छठ पर्वको लागि स्थानीय युवा क्लबहरुले घाट नवदुल्ही जस्तै सजाइएको छ ।

चैते छठ पर्व गर्न एवं हेर्नको लागि साँझखप ब्रतालु, स्थानीयबासीन्दा लगायत श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । छठ पर्वको अवलोकन गर्न छिमेकी जिल्लाहरुबाट श्रद्धालुहरु आउने गर्दछन् ।

छठ पर्वको मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.