Press_forunहुलाकी न्यूज, रौतहट ३० चैत । सङघीय प्रेस फोरम, नेपालको रौतहट जिल्ला कमिटी गठन गरिएको छ । सङघीय प्रेस फोरमका महासचिब सरोज खिलाडीको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले ९ सदस्यीय समिति चयन गरेको छ ।

नेतृत्वमा ओम प्रकाश यादव (रेडियो सँगम) लाई अध्यक्षको रुपमा चयन गरिएको छ । अभिमन्यु राउत (हिमाल टेलिभिजन)लाई उपाध्यक्ष, सम्भु दास तत्मा (रेडियो सन्स्कृति)लाई सचिव र बिन्दु लाल राउत (रेडियो मधेश जना अवाज)लाई कोषाध्यक्षमा चयन गरिएको छ ।

त्यसैगरी भेलाले मोहर लाल राउतलाई सह–सचिब (मधेश मसला एफ एम)मा चयन गरेको छ भने सदस्यमा सरोज कुमार गुप्ता (रेडियो सँगम), हेमन्त पान्डे (रेडियो मधेश मसाला) , कृष्ण कुमार यादव (कोहिनूर एफ एम) र सुपमा सदा शंकर (रेडियो सँगम) लाई सदस्यको रुपमा चयन गरेको छ ।

भेलालाई सम्बोधन गरदै महासचिब सरोज खिलाडीले समितीलाई कार्यकालको सफलताको शुभकामना दिदै गैरपत्रकारलाई प्रेस फोरममा समाबेश नगर्ने उद्घोष गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.