
हुलाकी न्यूज, काठमाडौं २९ चैत । आधिकारिक ट्रेड युनियनको चुनावमा भाग लिन नेपाल मधेशी निजामती कर्मचारी मञ्चले सोमबार उम्मेदबारी दर्ता गराएको छ ।
मञ्चको केन्द्रीय सचिवालय सदस्य राकेश रंजन दासको नेतृत्वमा उम्मेदबारी दर्ता भएको हो ।
समानुपातिक समावेशीको सिद्धान्त अनुरुप निर्वाचन हुनु पर्ने र थ्रेस होल्ड हटाउनु पर्ने मागसहित मञ्च आन्दोलनमा समेत रहेको छ ।
टे«ड युनियनको चुनाव बैशाख १० गते हुनेछ । चुनावको मतपत्रको ४ नम्बरमा मञ्च रहेको छ ।



