Dr.baburam_bhattrai
हुलाकी न्यूज, जनकपुरधाम २९ चैत ।
नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले मधेशी मोर्चाका नेताहरु ‘दोगला’ चरित्रका रहेको बताएका छन् ।

जनकपुरधाममा सोमबार आयोजित एक कार्यक्रममा संयोजक डा.भट्टराईले मधेशी मोर्चाका नेताहरुले आन्दोलन पनि गर्ने अनि सरकारका लागि र्याल पनि काढ्ने गरेकोले दोगला चरित्रको रहेको आरोप लगाए ।

उनले भने,‘मधेशका मसिहा भनाउँदाहरुले नै मधेशीलाई डुबाएको छ । एकापट्टी मधेशी जनतालाई आन्दोलनमा लगाउने अर्कोपट्टी सरकारमा जान सुशील कोइरालालाई मतदान गर्ने । यस्तो दोगला चरित्रका छन् मधेशी नेताहरु । सत्ता भत्ताका लागि र श्रीमान–श्रीमतिका लागि मोर्चाका नेताहरु राजनीति गरेको हो ।’

डा.भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डलाई समेत दोगला चरित्रको रहेको आरोप लगाए ।

डा.सीके राउतको विरुद्ध अभियान

संयोजक डा.भट्टराईले आफ्नो अभियान मधेशलाई अलग हुन नदिनु रहेको बताएका छन् । उनले मधेशका युवाहरु स्वतन्त्र मधेशप्रति आकर्षित भइरहेको र त्यसले घाटा गर्ने दाबी गरे ।

उनले भने,‘अहिले खसवादीहरुले मधेशीलाई शोषण गरेको भन्दै मधेशी युवाहरु अलग देशप्रति आकर्षित हुँदैछ । तर म भन्न चाहन्छु मधेशीहरुले नेपालमाथि शासन गर्नुपर्छ । आदिवासी जनजातिहरुले देशमाथि शासन गर्नुपर्छ । मधेशीहरु अलग भएर होइन एक भएर आउनु पर्छ ।’

तर देशमा साँझेदारी गर्नु पर्ने बताएका डा.भट्टराई भाषणाको अन्त्यमा मधेशीहरुलाई प्रदेशको पदप्रति आर्षित गरे । उनले भने,‘केन्द्रको पद त एउटा मानार्थ मात्र हो त्यसैले आफ्नो प्रदेशमा सक्रिय रहनुस् । लालु यादव अथवा विहारका अन्य नेताहरु केन्द्रमा मन्त्री भएर चिनिएनन् उनीहरु विहारको मुख्य मन्त्री र विहारको राजनीति गरेर चिनिए ।’

डा.भट्टराई मंगलबार विहान जनकपुरधाममा पत्रकार सम्मेलन गर्दैछन् ।

7 COMMENTS

  1. बाबुराम भट्टराईले मधेशी नेताहरु दोगला हुन् भने अरे l किन भन्दा शुशिल कोइरालालाई भोट हालेकोले l
    तर उनीभन्दा ठुलो दोगला अरु को होला ? आफै सभापति रहेर मधेसी, थारु, जनजाती, दलित, गरिब जनता विरुद्ध पहिचान र अधिकार बिनाको संविधानमा हस्ताक्षर गरेर संविधान जारी गर्ने अनि फेरी उनीहरुको पक्षमा रहेको स्वाङ्ग पार्दै भाषण गर्ने बेसरम मान्छे दोगला हो कि हैन ?
    उनको श्रीमती भन्दा ठुलो दोगला को हुन सक्छ ? दक्षिण एशिया मै सबै भन्दा बढी भ्रष्ट्राचारी कहलिएको मान्छे प्ले कार्ड बोकेर भ्रस्त्रचार विरुद्ध अनसन बस्ने जत्तिको नकचरो दोगला को हुन सक्छ ?

  2. अरु लाई दोगला भन्ने ले आफु लाई पनि अरुले दोगला भनाउने अवसर किन दिई राखेको छ? आफुलाई उत्पीडन मा परेका मधेसी र जनजाति को मसिहा भनाउन चाहने, अनि आफै अध्यक्ष भएको संबिधान मस्यौदा समिति को सिफारिस मा पारित संबिधान लाई किन मधेसी र जनजाति ले अपनत्व लिएनन्? के वहाँ ले यस बारे गहन सोच राख्नु भएको छ?

  3. What the hell Babu Ram is talking? He is senseless like his fellow Nepali Leader Mr. Oli. If Babu Ram is talking against Dr. CK Raut movement for free Madhesh, he is enemy of Madheshi people and he should not get any space in Madhesh. Shame on Madheshi elite group who have joined his party. Let all Madheshi be united in 2073 and make positive and non-violent movement against Nepali rulers. Our slogan should be FREE MADHESH

  4. BaburamJi jasta bidwan r bishesh byakti le yasta tallo star ko shabd prayog gareko sunda aashcharya matrai hoina ki sarhai dukh lagyo.Uhalai dogla ko aarth thaha hunu parne ho.Yo Madhesh ko aama ko aapman ho.Bhagwanle uhalai ab aainda yasta tallo starko shabd prayog nagarne sadbudhi diun.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.