
शैलेन्द्र क्रान्ति, जनकपुरधाम २९ चैत । सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनकपुर क्षेत्र नम्बर चारबाट निर्वाचित सांसद संजय साह विगत एक सातादेखि आमरण अनसनमा छन् ।
आफुमाथि न्यायिक छानविन गर्न माग गर्दै साह आमरण अनसनमा बसेका हुन् ।
हाल निलम्बित सांसद साहलाई संचार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा प्रहरीले मुख्य योजनाकार बनाएपछि उनी चैत २३ गतेदेखि अनसनमा छन् ।
सिंघानिया हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै साहले स्वतन्त्र छानविनमको माग गर्दै छन् । दोषीलाई उन्मुक्ति र आफु निर्दोषभए पनि फसाउन खोजेको भन्दै साहले पत्रकार एव मानव अधिकारकर्मीहरुको रोहवरमा झुटो पत्ता लगाउने यन्त्र पोलीग्राफ टेष्ट गर्न माग गरेका छन् ।
जवसम्म स्वतन्त्र एवं निस्पक्ष छानविन एवं पोलीग्राफ टेष्ट नभएसम्म आफ्नो अनसन जारी रहने उनले बताएका छन् ।
हत्यामा संलग्न भई फरार रहेर शसस्त्र गतिविधी गर्दै आएका कथित जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप गएको चैत १७ गते पक्राउ परेपछि उनको बयान एवं अनुसन्धानको आधारमा प्रहरीले चैत २४ गते सिंहानिया हत्याको मुख्य योजनाकार साहनै रहेको पत्रकारसम्मेलन गरी ठहर गरेको थियो ।
त्यस मुद्दाको अनुसन्धानको लागि साहलाई काठमाण्डौ कारागारबाट चैत २२ गते राति नै प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको थियो । अहिले त्यस मुद्दामा साहकाये बयान चलि रहेकोले संजय साह अहिले धनुषा प्रहरीकै हिरासतमा छन् ।
यता साहका समर्थकहरुले आईतबार जनकपुपरमा पोलीग्राफी टेष्टको माग गर्दै प्रदर्शन गरेका थिए ।
वि.स.२०६६ फागुन १७ गते होली पर्वको दिन जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको जनकपुरको शिवचोकमा अज्ञात हतियार धारीले गोली प्रहारी हत्या गरेका थिए जनकपुर टुडे पत्रिकामा आफुलाई बद्नाम गराउने समाचार प्रकाशन गरेको भन्दै सहाले पत्रिकाका प्रकाशक सञ्चार उद्यमी सिंहानियालाई नै हत्या गराएको प्रहरीको ठहर छ । त्यस मुद्दामा प्रहरीले संजय साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालत धनुषामा मुाद्दा दायर गरेको छ । मिथिलाञ्चल एफएमबाट



