
हुलाकी न्यूज, बीरगञ्ज २९ चैत । मुस्लिम विद्धानहरुले मुस्लिम थिंक ट्यांक गठन गरेका छन् ।
‘वल्र्ड थिंक ट्यांक एशोसिएसन नेपाल’ नाम राखिएको यस संस्थामा विभिन्न क्षेत्रमा सक्रिय ८ जना विद्धानहरु सरिक छन् ।
वीरगंज उपमहानगरपालिका बहुअरीमा बसेको भेलाले डा.कमरुलहोदा अंसारीको अध्यक्षतामा ८ सदस्यीय तर्दथ समिती गठन गरेको छ ।
नव गठित समितीको उपाध्यक्षमा ईन्जिनियर रागिव हुसेन, महासचिव मोबिन ईफ्तखार, सचिव ईन्जिनियर नुरुलहोदा अंसारी, उप सचिव सम्सेद अख्तर, कोषाध्यक्ष अबुलखैर अंसारी, सदस्यहरु ईन्जिनियर एखलाक आलम, एसएमजहाँगस्त रहेका छन् ।
बैठकले ६ महिनाभित्र यसको बिद्यान तथा सदस्यता बितरण गरी शाखा बिस्तार गर्ने साथै सार्क राष्ट्र स्तरीय थिंक ट्याक एशोसियसनसंग समन्वय गरी कार्य अगाडि बढाउने निर्णय गरेको छ ।
यो एशोसिएसन भारत, पाकिस्तान, बाङ्गलादेश, श्रीलंका, माल्दिभस, भुटान, अफगानिस्तानलगायतका राष्ट्रहरुमा स्थापना भईसकेको छ । नेपालमा पहिलो पटक गठन भएको हो । यसको काम कर्तव्य मुस्लिम समुदायमा शिक्षा, स्वास्थ्य, राजनीति, समाजिक जनचेतना जगाउने रहेको संस्थाका मिडिया बिभाग प्रमुख एसएमजहाँगस्तले बताए ।



