हुलाकी न्यूज, काठमाडौं २९ चैत । नयाँ संविधानले देशलाई दुई चिरा पारेको आरोप पूर्वसभासद रामजीवन सिंहले लगाएका छन् ।
नयाँ संविधान जारी भएपछि मुलुक दुई चिरामा विभाजित भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनको लागि सवै फरक मतलाई संकलन गरेर एकमुष्ट संशोधन गर्नुपर्ने सिंहले बताए ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘संविधान जारी भएपछि विदेशीसँगको सम्बन्ध बिग्रिएको छ, यहाँका ९५ प्रतिशत जनता आँफै खुशी छैनन्, विदेशी त परै जाओस् ।’
उनले जतिसक्दो जाँढो आन्दोलनरत पक्षको माग पुरा गरिए उतिकै राम्रो हुने बताए ।
त्यस्तै सोही पत्रकार सम्मेलनमा नेपाली मुक्ति मोर्चा नेपालले सम्बैधानिक निकास र बृहत्त परिवर्तनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने माग गरेको छ ।
समितिले सम्मेलन आगामी बैशाख २५ गते काठमाडौंमा गर्ने जानकारी दिएको छ । समितिका अनुसार सर्वपक्षीय सम्मेलनमा सम्पूर्ण राजनीतिक दलहरु, संविधानसभा रहेका सम्पूर्ण राजनीतिक दलहरु, असन्तुष्ट पक्षहरु समेतको उपस्थिति रहनेछ ।
त्यस्तै समितिले उक्त सर्वपक्षीय सम्मलेलनको प्रमुख अतिथिमा पायलट बाबा र भारतका पूर्वमुख्यमन्त्री एवम् भाजपा बरिष्ठ नेता भगत्सिंह कोशीयारी हुने जानकारी दिएको छ ।



