हुलाकी न्यूज, काठमाडौं २९ चैत । पूर्व राष्ट्रपति डा.रामबरण यादवलाई अभिव्यक्ति दिदा आचारसंहिता पालन गर्न सुझाव नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले दिएका छन् ।

शनिबार पूर्व राष्ट्रपति डा.यादवले संविधानसभाको विषयमा दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको डा.भट्टराईले जनाएको छ ।

आफ्नो फेसबुक पेजमार्फत डा.भट्टराईले भनेका छन्,‘एक सार्वजनिक कार्यक्रममा पूर्व राष्ट्रपति श्री रामवरण यादवले ‘बाबुराम भट्टराईजीलाई संविधानसभा भंग नगर्नु भनेको थिएँ, भंग गरिदिए’ भनी भन्नुभएको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

सर्वप्रथम राज्यको जिम्मेवार र संवेदनशील निकायमा रहेका वा रहिसकेका व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिंदा पालना गर्नुपर्ने निश्चित मापदण्ड वा आचारसंहितावारे ध्यानदिनु उपयुक्त होला।

दोश्रो र सबभन्दा महत्वपूर्ण कुरा, संविधानसभा विघटन गर्ने कुनै प्रावधान नै अन्तरिम संविधानमा नभएकाले प्रमको हैसियतले मैले त्यस्तो असंवैधानिक कुरा गर्ने प्रश्नै उठ्दैन। बरू मैले २०६९ जेठ ९ गते मन्त्रिपरिषद् वैठकबाट संसको कार्यकाल ३ महिना थप्ने प्रस्ताव संसमा दर्ता गराउँदा त्यसविरूद्ध जेठ ११ गते अन्तरिम आदेश दिंदै सर्वोच्च अदालतले संसको कार्यकाल २०६९ जेठ१५ गतेसम्म सीमित गरिदिएको हो१ त्यही आदेश वमोजिम जेठ १५ गते मध्यरातमा संसको स्वतस् अवसान भएको हो। मैले त संवैधानिक संकट आउन नदिन र लोकतन्त्रलाई जीवित राख्न संसको अर्को निर्वाचनको विधिवत् घोषणा मात्र गरोको हुँ /

यो ऐतिहासिक तथ्यप्रति सबैको ध्यान पुगोस् /’

Baburam_bhattrai_Status

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.