हुलाकी न्यूज, काठमाडौं २९ चैत । मधेश आन्दोलनको प्रतिकार गर्ने अभिव्यक्ति दिदै आएका एमालेको भातृ संगठन युवा संघ नेपालले मधेश ब्यूरो प्रमुखबाट संजिव झालाई हटाएको छ ।
मधेश आन्दोलन चर्किएको बेला आन्दोलनको विरुद्ध अभिव्यक्ति दिदै तथा प्रतिकार गर्ने धम्की दिएका झालाई युवा संघले ब्यूरो प्रमुखबाट हटाएको हो ।
मधेशीको भावना विपरीत अभिव्यक्ति दिएकोले मधेशमा संगठन कमजोर भएको आरोप झामाथि लगाइएको छ ।
झाले मधेश आन्दोलन प्रायोजित रहेको र केही मधेशका ठिक्केदारले आन्दोलन गरेको बताउँदै आएका छन् ।
यता हुलाकी न्यूजसँग कुराकानी गर्दै झाले गुठगत विवादमा आफु तानिएको र त्यस्तो कुनै निर्णय नभएको बताए । उनले आगामी केन्द्रीय समिति बैठकबाट यसबारे निर्णय गरिने दाबी गरे ।
त्यस्तै युवा संघकी उपाध्यक्ष दिलु पंतले संगठन भित्र मधेश ब्यूरो नै नभएको दाबी गरिन् । हुलाकी न्यूजसँग कुराकानी गर्दै पंतले हुँदै नभएको ब्यूरोबाट झालाई कसरी हटाउन सकिन्छ भन्ने प्रतिक्रिया दिइन् ।
उनले झाका विषयमा अहिले तत्कालै जानकारी दिन नमिल्ने संकेत गर्दै कारवाहीको प्रक्रिया पुरा हुन बाँकी रहेको जनाइन ।
झाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई संविधान संशोधन गरेर भएपनि गोली हानी हत्या गर्नुपर्ने अभिव्यक्ति दिएपछि केही साताअघि पनि उनी चर्चामा आएका थिए ।




एकदम राम्रो गरेको हो
It’s a good decision. I am nt talking about any individual..eigther it’s sanjeb jha or anybdy else.this is a independent country. N everyone s free to talk ..bt dicipline s important…so mind it mr sanjiv jha. Your attitude s nt good. U behave like a dog of oli….
हाहा..हिन्दी मा एउटा कहाबत छ।
पंछी दिन भर जहाँ उड़ के जाऐ, साम होतेही अपने घोसला में आजाते है ।बूझयो झा जी,,,,,
Dhikkar 6 yasta Madheshka kapoot lai. Sayad sahid haru ko sarap lagyo hola.