अभिमन्यु पटेल, रौतहट २७ भदौ । जिल्ला प्रशासन कार्यालय रौतहटले आईतवार दिउँसो १२ बजे देखि सदरमुकाम गौरमा कर्फयू आदेश जारी गरेको छ । अर्काे आदेश नआएसम्मका लागि कर्फयू जारी रहने जिप्रकाले जनाएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धनद्वारा आह्वान गरिएको बृहत जनप्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फयु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन् ।

सदरमुकाम गौरको उत्तरमा बसपार्क पूर्वमा बरहवा खोला, दक्षिणमा भन्सार र पश्चिममा टिकुलिया सम्मको क्षेत्रमा कर्फयु लगाएको प्र.जि.अले बताएका छन् । यस अघि जारी रहेको निषेधाज्ञा लाई दिउँसो १२ बजे देखि कर्फयुमा परिणत गरिएको हो ।

शान्तिपूर्ण प्रदर्शन चलिरहेको बेला प्रशासनले कर्फयु जारी गरी आन्दोलनमा दमन गर्न खोजेको मोर्चा आबद्ध नेताहरुको भनाई छ । स्थानीय प्रशासनले बन्दुकको भरमा दमन गर्न खोजे आफुहरु आफनो हक अधिकारको लागि कर्फयु तोडेर भएपनि आन्दोलनमा उत्रने मोर्चाका नेताहरुले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.